Wednesday, July 8, 2020
Home > साहित्य > कविता – सपना

कविता – सपना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
                        -शंकरहरी खालिङ्ग

सपनाहरु पनि पारा पाराका
छिरीविरी रङ्गिन पुतलीहरु जस्तै
रङ्गि विरङ्गि
पर–पर सम्म उडिहिड्ने

त्यस्तै म पनि कसैको सपना
आज सपनाको पहाड बोकेर
सपनाकै पहाड चढ्दैछु ।

थाहा छैन,
आज म सपनाको त्यो शिखर चुम्न सक्छु कि सक्दिन ?
त्यसैले आज मलाई मेरै सपनाले सोच्न बाध्य बनायो ।
र सोचे, मेरो सपना पनि सपना जस्तै रहेछ ।
त्यही सपना फुलाउने बहानामा
म आफैलाई कैदी बनाएर
सपनाको तिम्रो देश आएको छु ।
ए साँच्चै भन त प्रिया !
तिमी जस्तै मेरो सपनाले
आज फुल्ने सौभाग्य पाउछ कि पाउदैन ?

२७, अक्टोबर, ०१७
हतुवागढी, घोरेटार, भोजपुर,
हाल : जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *