– अरुण आकाश
भाग्य त छ कस्तो छ खै, लेख्नेलाई थाहा होला,
र यो जिन्दगीको कथा, देख्नेलाई थाहा होला
फेदि बाटै शिखर हेरि, बस्ने बाध्यतामा छु म
सफलताको मूल्य चुली, टेक्नेलाई थाहा होला
किन चाहियो? गोलि, फ्याक्ने त्यो बन्दुक नै
प्रहार के हो? मुटु दुखाई, छेक्नेलाई थाहा होला
न्यानो पाउने आश्वासनमा, दिनहरु काटेँ कति
तातो के हो ? चिसो मन, सेक्नेलाई थाहा होला
हतुवागढी गापा – १, भोजपुर,