गजल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

               -मिना कुलुङ्ग

समयले यसरी छुटायो ,बालापनबाट

जसरी छुटायो मुनालाई ,मदनबाट

सन्तानको लागि कहिल्यै खुम्चाइँन
यो छातीले खै के सिक्यो,गगनबाट

सन्तानकै निम्ति खाडी पसियो
दशैँ तिहार छुट्यो, मान्यजनबाट

बुढेसकालमा बुहारीले वृद्धा आश्रम
पठाइन् आफ्नै छोरोको,समर्थनबाट

सन्तान भएन भनी मन नदुखाउनु
कत्ति दुख्छ मन सन्तानको,बचनबाट

                             -सोलुखुम्बु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: