Home > कला > कोरीयामा साइँली

कोरीयामा साइँली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
दक्षिण कोरिया / २०७४ सालको अन्तिम प्रहरमा रिलिज भएको नेपाली चलचित्र “साइँली” हेर्ने सबै दर्शकहरुले प्राय: तारिफ गरेको पाईयो।

उसो त नेपाली चलचित्रको परम्परागत हिरोईज्मको मानक तोड्ने दयाहाङ्ग राई तथा चरित्र अभिनयमा प्रशंसा बटुलिरहेकी मेनुका प्रधान, गौरब पहारी, माओत्से गुरुङ्ग लगायतका स्थापित कलाकारहरुको अभिनयलाई प्रयोगबादी निर्देशक रामबाबु गुरुङ्गले अझ चम्किलो बनाईदिएको कारण हुनसक्छ देश बिदेश बस्ने नेपाली चलचित्रका पारखिहरुको पर्खाईको बिन्दु बन्न पुग्यो साइँली।

https://www.hatuwaherald.com/wp-content/uploads/2019/05/video-1557276032.mp4

त्यहिँ पर्खाईको क्रमलाई भंग गर्दै भोजपुर परिवार दक्षिण कोरियाले भने कोरियाली राजधानी सउलको दोङ्देमुन स्थित Seongbuk District Hall मा आगामी मे १२ का दिन साइँली प्रदर्शनको तयारी गरेको छ।

परिवारका सल्लाहकार भुपाल थापाका अनुसार भोजपुर जिल्लाका गरिब तथा जेहेन्दार बिद्यार्थिहरुका लागि छात्रबृत्ती कोष निर्माण सहयोगार्थ साइँली प्रदर्शन गर्न लागिएको हो। भोजपुर जिल्लाभरिका बिद्यार्थिहरु मध्येबाट निकट भबिश्य मै मेरिट बेसिसका आधारमा छनौट गरि छात्रबृत्ती प्रदान गरिने कुरा भोजपुर परिवार दक्षिण कोरियाका सदस्य सुनिल बान्तावाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: