–शंकरहरि खालिङ्ग
उनी बाँच्ने एउटा आधार हो सपना
आकाश जस्तै विशाल
सपनाहरुको बीचबाट
सपना जस्तै रङ्गिन
एउटा जीवन बाँच्ने सपना छ उनको
रङ्गि विरङ्गि पुतली जस्तै पर–पर सम्म उडिहिड्ने
पहडको माथि–माथि सम्म बादल जस्तै उडि हिड्ने
फूलहरु जस्तै फुलेर
मूलहरु जस्तै खुलेर
अरुण जस्तै वेलगाम र निरन्तर प्रवाहित छ उनको सपना ।
किनकी उनी बाँच्ने एउटा आधार हो सपना ।
त्यस्तै म पनि उनको सपना,
कसिलो बाँधेर सम्बन्धको नाता
गरि रहन्छ जीवनको उकाली–ओराली
दाया–वाया अनि तल–माथि
सजिन्छु कहिले मनको मन्दिरमा
चम्कन्छु कहिले कोहिनुर बनेर
अनि घोप्टन्छु कहिले चुक भएर ।
कहिले खुल्छिन् मुस्कानमा पूर्णिमाको रातसरी
कहिले हुन्छिन् झिलिमिलि
रमाइलो दिपावली
कहिले फुलछिन् सपनीमै टहटह रात भरि
कहिले जल्छिन् चैतमासमा अाेईलीई झर्या पात सरी
जीवन अाखिर सपनै त रैछ
सपना देख्न नि जीवन त चाइन्छ ।
सपना देख्दैमा कहा त्याे पाईन्छ? र पनि
उनी बाँच्ने एउटा आधार हो सपना
३०, अफ्रिल, ०१९
भोजपुर, घोरेटार, हाल जापान