Friday, May 29, 2020
Home > कला > मलेसियामा तेस्रो दिमालुङ्ग कन्सर्ट हुने

मलेसियामा तेस्रो दिमालुङ्ग कन्सर्ट हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भोजपुर जिल्लाको हतुवागढी अन्तर्गत पर्ने एक ऐतिहासिक स्थलको नाम हो दिमालुङ्ग। सोही नाममा आगामी महिना सञ्चालन गर्ने तेस्रो दिमालुङ्ग कन्सर्टमा मेघास्टार (राई इज किङ्ग) राजेश पायल राई, नेपाल आइडल सिजन वानका फस्ट रनरअप निशान भट्टराई, गायिका टिका प्रसाई, हास्यकलाकार उमेश राई (फुलन्देको आमा) र मोडल आरुशी मगरका साथमा स्थानीय कलाकारहरुको प्रस्तुती रहने कार्यक्रमका संयोजक श्री राईले जानकारी दिनु भयो ।

साँस्कृतिक पर्व हरिरायाको विशेष अवसर पारेर मलेसिया स्थित विभिन्न संघसंस्था तथा व्यवसायीहरुको सहयोगमा मनोरञ्जतनात्मक तर सामाजिक उद्देश्यले आयोजना हुने कार्यक्रमहरु जुन ५ मा न्युयोर्क होटेल जोहर, जुन ६ मा एस.जे.के ओसियन मलका र जुन ९ मा एस.जे.के. चाईनिज स्कुल बातुपाहातमा सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *