Tuesday, August 11, 2020
Home > प्रमुख > हतुवागढिमा खुला कविता तथा सामुहिक लोक नृत्य प्रतियोगिता हुने

हतुवागढिमा खुला कविता तथा सामुहिक लोक नृत्य प्रतियोगिता हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

– अरुण आकाश

हतुवागढी भोजपुर / भोजपुर जिल्लाको दक्षिणमा अवस्थित हतुवागढी गाउँपालिका अन्तर्गत हतुवागढी साहित्य कला तथा सँस्कृति प्रतिष्ठानको आयोजनामा याहिँ ०७६ जेठ ३१–३२ सम्म ‘हतुवागढी कला साहित्य महोत्सव–०७६’ का अवसरमा कविता र लोकनृत्य प्रतियोगीता गराइने भएको छ ।

विशेष गरेर हतुवागढी र समग्र रुपमै कला,साहित्य र सँस्कृतिको संरक्षण,सम्बर्द्धन र उन्नयनका लागि गठन भएको हतुवाली कला,साहित्य तथा साँस्कृतिक प्रतिष्ठानले हतुवागढी गाउँपालिका भोजपुरको आर्थिक बिनियोजनमा सो कार्यक्रम गर्न लागेको प्रतिष्ठानका सदस्य बिश्वजित राईले बताउनु भयो । कार्यक्रमको रुपमा यस्ता कृयाकलाप सरकारी तथा गैर सरकारी संघ सस्था तथा ब्यक्तिको सहयोगमा गर्दै रहने र अन्य कला साहित्यको गतिबिधी समेत प्रतिष्ठान आफैले अगाडी पनि गरि रहेको र भबिष्यमा पनि गर्ने योजना रहेको जानकारी प्रतिष्ठानका अध्यक्ष कृपाल सिङ्ग राईले दिनु भयो

कविता प्रतियोगीता
०७६ जेठ ३१, शुक्रबार
प्रावधानहरु

१) कविता (हस्तलिखित भए सफा अक्षरमा लेखि वा टाइप गरिएको भए एफोर साइजमा प्रिन्ट गरी) सम्पर्क व्यक्तिलाई सोझै बुझाउन वा इमेल गर्न सकिनेछ ।

इमेल ठेगाना ः hatuwaghodetar@gmail.com
२) कविता २०० शब्द वरिपरिको हुनुपर्नेछ ।
३) कविता सहित आफ्नो ठेगाना र सम्पर्क नं. उल्लेख गर्नुपर्नेछ ।
४) कविता नेपाली भासामा हुनुपर्नेछ ।
५) प्राप्त कविताहरु मध्ये उत्कृष्ट १० छनौट गरी प्रतियोगात्मक वाचनका लागि बोलाइनेछ ।
६) कविता बुझाउने अन्तिम मिति ः ०७६ जेठ २२ गते बुधबारसम्म
७) निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ ।
८) प्रथम पुरस्कार ः रु.१५,०००।– र प्रमाणपत्र
दोस्रो पुरस्कार ः रु.१०,०००।– र प्रमाणपत्र
तेस्रो पुरस्कार ः रु.५,०००।– र प्रमाणपत्र
सान्त्वना पुरस्कार ः रु.३,०००।– प्रमाणपत्र
सबै सहभागीलाई प्रमाणपत्र ।
सम्पर्क ः विश्वजीत राई ९८०१०३५४५०
श्रीशीशा राई ९८५२०५६८०२
अरुण आकाश ९८००९७१७४१
प्रकाश दिप्साली ९८४२२६१४१४

समुह लोकनृत्य प्रतियोगीता
०७६ जेठ ३२, शनिबार
प्रावधानहरु

१) समुहमा कम्तिमा ६ जना हुनुपर्नेछ ।
२) गीत अनुसारको भेषभुषा अनिवार्य गरिएको छ ।
३) गीतको ट्रयाक आफैले व्यवस्था गरी प्राविधिकलाई समयमै बुझाईदिनुपर्नेछ ।
४) दर्ता शुल्क रु.१००५।–
५) नाम दर्ता गर्ने अन्तिम मिति ०७६ जेठ २९ गते बुधबारसम्म ।
६) निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ ।
७) प्रथम पुरस्कार ः रु.१५,०००।– र प्रमाणपत्र
दोस्रो पुरस्कार ः रु.१०,०००।– र प्रमाणपत्र
तेस्रो पुरस्कार ः रु.५,०००।– र प्रमाणपत्र
सान्त्वना पुरस्कार : रु.३०००।- र प्रमाणपत्र
सबै सहभागीलाई प्रमाणपत्र ।
सम्पर्क व्यक्ति ः कृपालसिंह राई ९८६०३५२४९७
बिश्वजित राई ९८०१०३५४५०
अरुण आकाश ९८००९७१७४१

कार्यक्रम आयोजना हुने स्थान् : हतुवागढी ४ फलामढुङ्गा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: