Tuesday, August 11, 2020
Home > साहित्य > कविता : अधुरो साइनो

कविता : अधुरो साइनो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरोज दर्नाल


असरल्ल पारेर भुइँभरि
विछ्याएर अँखाहरु
तेर्साएर सम्झानाका तरेलिहरु
तिमि आउने बाटोभरी पर्खी रहेँ
खै, तिमी आएनौ

समयका पानाहरु पल्टाएर
हेरेँ सदियौँ देखि आजसम्मको क्यालेन्डर
क्यालेन्डरका पानाहरुमा पल्टिँदै गए
गते, बार, महिना, बर्ष र बित्दै गए
र पनि आएनौं

प्रत्येक मेरा जिन्दगीका
क्यालेन्डरका पानाहरु पल्टिँदै गए
उही घाम,उही जुन
मलाई छोएर जाने उस्तै बतास
बरु पुराँना भए
हाम्रा जिन्दगीका कथा
फेरिदै गयो अनुहारको रङ
तिमी आउँदै आएनौ

कसैले त भन्थ्यो
बिहानिको शीत बनेर तिमी आउँछौ
हावाको बेग बनी मुहारमा रङ बोकेर आउछौ
कसैले भन्यो

अनि त
उत्पात हावाको बेगसङ्गै
तिमी आयौ की भनेर
छामी हेरेँ बहकिने हावा
छामी हेरेँ बादल
पल्टाइ हेरेँ घामका किरणहरु
वा
ताराको भिडमा पो अलमलियौ कि
कतै भनेर
नियाँलेर हेरेँ त्यो खुल्ला आकाश
अहँ
त्यहाँ पनि थिएनौ

तिमीलाई नदेखेपछि कतै
देउरालिमा
दुई थुङ्गा फूल चढाएर काटिरहेँ
हरेक बसन्तका उकाली ओरालीहरु
निभेपछी एउटा आसाको दियो
बर्षाउँदै परेलीबाट साउने बर्षाद
एक पटक सम्झिएँ तिमिलाई

मनमा राखेर जिजिबिसा
गरेँ एकदिनको प्रतीक्षा
केश भरी घाम बोकेर
रङिदै इन्द्रेणीमा
तिमी आउलिऊ उल्लास लिएर
अनि
सजाइ दिउँला तिम्रो सिउँदो भरी
रङ्गाउदै सप्तरङी र सयपत्रीले
एउटा साइनो ।

कानेपोखरी २ मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: