Home > बिश्व > कोरियाली नायिकाको सडक दुर्घटना

कोरियाली नायिकाको सडक दुर्घटना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दक्षिण कोरिया/ गुडीरहेको कारले ठक्कर दिदा कोरियन नायिका हान जी – सुङको मृत्यु भएको छ । स्थानीय संचार माध्यमहरुका अनुसार गत मे ६ को बिहान इन्छन देखि गिम्पो जाने क्रममा उनलाई बीच बाटोमा ट्याक्सी तथा कारले एकै पटक ठक्कर दिएका थिए । श्रीमान संग संगै रहेकी २८ बर्षीय हानलाइ ३ लाइनको बाटोमा कार रोकी बाहिर निस्किने क्रममा पछाडी बाट आएका गाडीले ठक्कर दिएका थिए ।

संगै रहेका उनका श्रीमान लाइ उदृत गर्दै गिम्पो प्रहरीले जनाए अनुसार बिहान ३ बजेर ५० मिनेट जादा उक्त दुर्घटना भएको थियो । एक्स्प्रेस रोडको तीन लाईनवाला बाटोको बिच लेनमा आफ्नो कार पार्क गरि पिसाब फेर्न बाहिर निस्किएका उनका श्रीमान फर्किदै गर्दा चालक सिटमा बसेकी हान ढोका खोलेर बाहिर निस्किने क्रममा उक्त दुर्घटना भएको थियो। उनलाई तत्कालै अस्पताल पुर्याइएको भएता पनि बचाउन सम्भब नभएको बताइएको छ ।

सन २०१० दखि बि डल्स ग्रुप बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हान हाल टिभी ड्रामा तथा अन्य नाट्य क्षेत्रकि निकै चर्चित नायिका मानिन्छन । उनका उत्कृष्ट नाटकहरु, “Second to last Love” तथा “Happy Sisters” र फिल्म “One Punch” चर्चित छन्।

ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिई थप अनुशन्धान भैरहेको तथा नायिका हानको कार र ठक्कर दिने दुबै कारको Dashcam मा रेकर्ड गरिएका भिडियो फुटेजहरुको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

#Showbiz: New evidence in accident involving South Korean actress Han Ji-seong surfaces

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: