Friday, November 22, 2019
Home > प्रबास > कोरियामा उँभौली

कोरियामा उँभौली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दक्षीण कोरिया/ किरात राई यायोक्खा दक्षिण कोरियाले सँधैको बर्षहरु जस्तै यो बर्ष पनि उभौली पुर्णिमाको अवसर पारेर कोरियाको विभिन्न शहरमा साकेला उभौली चाड भब्य रुपमा मनाउने भएको छ ।

किरात सभ्यता अनुसार किराँती परम्परा अन्तर्गतको उभौलि चाडलाई राईहरुले साकेला/साकेन्वा, लिम्बुहरुले चासोक तङनाम, सुनुवार कोईचहरुले फोस्यादर, याक्खाहरुले चासुवा ईत्यादीको नाममा मनाउने यो पर्वमा प्रकृतिक पुजक भनिने किराती समुदायले भूमि पुजा गरि मनाउने चलन छ। बर्षमा दुई पटक मनाईने यो चाडको बैशाख पुर्णिमालाई उभौली र मंसिर पुर्णिमालाई उधौली भनिन्छ। उभौली खास गरेर बर्सायाम शुरु भएपछी तराईतिर धेरै गर्मी हुने भएको पशुपंछी, जंगली जनावरहरु तराई बाट माथी चिसो ठाउँतिर निस्कने हुनाले वैैशाखे पूर्णिमा लाई उभौली भनिएको भनाई छ भने हिँउदमा धेरै जाडो हुने भएकोले लेकतिर बाट चराचुरुङ्गी, जंगली जनावरहरु तलबेसी तिर झर्ने भएको मंसिरे पुर्णिमा लाई उधौली भनीएको हो। उभौलीमा बिशेष गरेर प्रकृति लाई पुर्जा गर्दा मानव जातिको सुखमय जीवनको, सुस्वास्थ्य दिर्घायु तथा अन्नवालीमा हावाहुरी,असिना पानी नलागोस, अन्न बाली सप्रिएर जाओस भनेर नाक्छोङ् (धामी) ले मुन्धुम द्धारा फलाक्दै पुजा गर्दछ । उक्त अवसरमा नातागोता, ईष्टमित्र, आफ्न्त समुदायको सबै भेला भएर जीवन र जगतका बारे गीत गाउँदै (साकेला/साकेन्वा लयमा) गोलो घेरामा सुख, शान्ती र प्रगतिको कामना सहित खुशी साटा साट गर्दै सिली नाच्दै मनाईने मौलिक परम्परा रहेको छ ।

आयोजकहरुका अनुसार यस पटक कोरियाको विभिन्न ठाउँमा गरिने कार्यक्रमहरुमा नेपालबाट राष्ट्रिय किराती मिथक गायिका बेनुका राई,अन्तराष्ट्रीय अल्ट्रा धाविका मिरा राईको बिशेष उपस्थितीका साथमा अन्य कलाकारहरुको उपस्थिति पनि रहने बताईएको छ ।

दक्षिण कोरियाको विभिन्न शहरुमा गरिने कार्यक्रमहरुको रुपरेखा अनुसार, बुसानमा मे १९ ,खजेदोमा मे २६ तथा अन्त्यमा किरात राई यायोख्खा दक्सिण कोरिया केन्द्रीय समितिले जुन २ आईतबारका दिन राजधानी सौलमा साकेला कार्यक्रम समापन गर्ने योजना रहेको आयोजकले जानकारी दिएका छन्। हरेक बर्ष साकेला/साकेन्वा गरिदै आएको दोङ्देमुनस्थित सुङगीन ग्रीनपार्कमा साकेला/साकेन्वा पूजा साथै सिली प्रदर्शनी कार्यक्रम हुने जनाईएको छ। किरात राईहरुको आफ्नै मौलिक चाड साकेला/साकेन्वालाई उक्त दिन भव्य रुपमा सम्पन्न गर्न दक्षिण कोरियामा रहनुभएका अग्रज बुद्दिजिवि, अन्य विभिन्न संघ -संस्था, पत्रकार, व्यावसायी, विधार्थी लागायत सम्पूर्णलाई उपस्थित भएर कार्यक्रमलाई सफल बनाईदिनुहुन किरात राई यायोख्खा केन्द्रीय समितिले हार्दिक अनुरोध गरेको छ ।

प्रवासी भूमिमा छरिएर रहेका सम्पूर्ण राई समुदायलाई एकिकृत गर्दै किरात राईहरुको कला, भाषा, संस्कार , संस्कृतिको संरक्षण , विकास , प्रवर्धन र विश्वव्यापीकरणमा जोड दिने उदेश्यले हरेक साल मनाउँदै आईरहेको साकेला यो बर्ष अझ बिशेष रहने संस्थाका अध्यक्ष बालकृष्ण बांतावाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *