दीपा मेवाहाङ् राई
अरु बेला बिहान ७:५०को आर्लम सेभ गरे पनि आइतबार अर्थात मे १२ मा ७:१५ को सेभ गरेको थिए। अघिल्लो रात नै ताकी महिना दिन अघी बाट प्रतीक्षा गरेको नेपालि फिल्म साइली नछुटोस भनेर। राती कति पटक त बिउझिन्दै मोबाइल हेर्दै सुतेँ, कतै अर्लाम बजेर पनि मैले निन्द्रामा थाहा पाइनँ कि भनेर?
उठेर फ्रेस भैइ रेडि हुदा लगभग ८ बजिसकेको थियो। कुनै चाडपर्व झैँ दराजबाट अस्ति भर्खरै किनेको नयाँ लुगा निकालेर लगाई बस स्टप पुगेँ। अरु बेला १०/१० मिनेटको अन्तरालमा छुट्ने बस बिदाको दिन १५/२० मिनेटमा मात्र आउँछ। म आउनु थोरै समय अगाडि छुटेको थियो सायद बस र त १० मिनेट कुर्दा पनि आइपुगेन। आँखा घरी घरी मोबाइलको घडिमा पर्थ्यो। बल्ल १८ मिनेट पछि बस आयो। डिउटिका दिनहरुमा यी बसहरुले काठमाडौको नेपाल यातायात कै झल्को दिन्छ, खुट्टा राख्ने ठाउँ नभएर। तर आज बस खाली रहेछ ।छानीछानी सिटमा बसेँ। २ स्टेशन अघि सम्म खाली बस बिस्तारै यात्रुहरुको भिँड बाक्लिन थाल्यो।६/७ वटा स्टेशन पुग्दा त निदाइहालेछु। यो बसमा चढे पछि आनन्दले सुतिदिन्छु किनकी बसको अन्तिम स्टेशन र मेरो अन्तिम स्टेसन एउटै भएर पनि यति आनन्दले सुति दिन्छु कि कहिले काहीँ बसको ड्राइभर ले उठाए पछि झस्किन्दै उठेर बस बाट ओर्लिन्छु। तर यो आइतबार ३ वटा स्टेशन अगाडि आँखा खुले। बसबाट ओर्लेर ट्रेन स्टेशन पुगेँ । धेरै बेर कुर्नु परेन ट्रेन आइहाल्यो चढी हालेँ
यात्रामा साथी होस या नहोस तर एयरफोन चै जरुर हुनु पर्छ। एयरफोन प्राय: छुट्दैन म बाट। छुटेको दिन औडाह हुन्छ मलाई।ब्याग बाट निकालेर दुबै कानमा कोचेर आफनै मन पर्ने गित बजाएर सुन्दै आफ्नै तालमा दोङ्देमून पुगेँ।
कोरियाको असन भन्ने पनि गर्छन् दोङ्देमुनलाई कोरियामा बसोबास गर्ने नेपालिहरुले । नभनोस पनि कसरी २,३,४ नम्बर गेट वरिपरि नेपालिहरुको जमात बाक्लै हुने गर्छ आइतबारको दिनहरु।नेपाली, थाई रेस्टुरेन्ट र सेकुवा कर्नर यी दुई वटा हो प्राय हाम्रो भेट हुने जक्सन ।आज बनाइएको प्लान अनुसार सेकुवा कर्नर भएकोले सिधै उतै मोडिएँ। त्यहाँ पुग्दा पूर्वान्चल सरोकार समाजको अध्यक्ष अमृत राई दाजु किरात राई यायोख्खा द.कोरियाको सचिब पदम राई दाजु लगायत पार्वती नाना आइपुग्नु भएको रहेछ। उतैको टेवल तिर गएर बसेँ। सेकुवा कर्नरको मालिक समाजसेबि ध्यान दाजु र भाउजू किचनमा बिजि हुनुहुन्थ्यो । आफै गएर कफि बनाएर खाएँ। गफ गर्दै जाँदा चिनजानको मान्छे हरु धेरै भेला भै सक्नु भएको थियो त्यो बेला सम्म ।सबैले खाना खाने कुरा राखेर लोकल कुखुराको मासु संग खाना मगाइयो । मज्जाले खाइयो एक थाल भात । खाइसकेर पदम दाजु र पार्वती नाना लाई फिल्म हल तिर पठाएर हामी चै माथिल्लो तलामा उक्लियौ । एप्रील २१ मा पुर्वान्चल सरोकार समाजले गरेको सस्कृतिक कार्यक्रमको मिटिङ तिर । मिटिङ सकेर म लगायत पुर्वान्चल सरोकार समाजका महासचिव ,रचनाकार उत्तम खजुम, किरात राई यायोख्खा द. कोरियाको अध्यक्ष बाल कृष्ण राई दाजु रचनाकार ,कवि शकुन आँसु नानालाई भेट्न र भेटेर उतै बाट फिल्म हल जाने भनेर हिड्यौ। बाटोमा नानालाई भेटेर ट्याक्सी चढियो । ठेगाना दियौ ठेगाना बमोजिम हल अगाडि झारेर ट्याक्सी गयो । हामि हल तिर हिड्यौ। हल अन्डर ग्राउन्डमा भएकोले केही मेसो पाइएन।अलिक पर पार्वती नाना देखा पर्नु भयो नानालाई पछाएर हल सम्म पुगियो। हलमा फिल्म सुरु नभएको बाहिर निस्किएर गफ गर्न थालियो। लामो समय पछिको भेटघाट थियो पदम दाजु संग । भेटलाई कैद गर्ने भनी फोटो खिच्न थालियो।अनेक पोज पोजमा फोटो खिच्न लगायौ पदम दाजु लाई शकुन नाना र मैले । अन्तिममा पदम दाजुले मुखै फोरेर भन्नू भयो, “यी चेली हरुले जहाँ जादा पनि फोटो खिच्न लगाएर हैरान बनाउछ हौ।” एकछिन त मज्जाले नै हासियो। ध्यान दाजुले चटपटेको पसल लिएर आउनु भएसी पो फोटो खिच्ने कार्यक्रम रोकि चटपटे तिर लागियो।यता चटपटे खाने धुनमा उता फिल्म त २० मिनेट कटिसकेछ । हलमा पुग्दा दर्शकको उपस्तिथिती धेरै भएकोले बस्ने ठाउँ नपाएर कुना पटि एउटा टेवल देखेर उतै तिर गएर बसियो।
फिल्मको पात्रमा कुनै ठाउमा आफै पनि भेटाएँ। आफ्नै कथा लाग्यो मलाई त, ऋणको पहिरोले पुरिएको समथल जिन्दागी, गरिबीले निम्ताएको बिदेशीने कहरहरु, माया प्रेमको अटुट सम्बन्धलाई समयको पावन्दिले मकाएको बिश्वास ,मित्रताको सच्चा रुप सबै सबै एकदमै मन छोयो। कुनै दृश्यले पेट मिचिमिची हसायो। कुनै दृश्यमा हिक्का नै छुटायो। दयाहाङ, मेनुका , गौरबको अभिनयले अझ डाइहार्ट फ्यान बनायो। दिउसो पुरै फिल्म हेर्न नपाएकोले नेपाल बाट साइँली फिल्म झिकाउनु हुने हाङ्खिम छा दाजुको ल्यापटप बोकि सेकुवा कर्नर आइयो।
जुन २ मा किरातिहरुको उभौली चाडको कार्यक्रमको मिटिङ भएकोले फेरि माथिल्लो तला उक्लिएर मिटिङ बसियो।८:३० भै सकेकोले मिटिङ नसकी नै बिदा लिएर रूम फर्किएँ उहीँ ट्रेन ,र बसको यात्रामै रूम आइपुग्दा ११:३० भै सकेको थियो । फ्रेस भएर एकछिन प्यारी मोटु (सुस्मा) संग भिडियो कलमा बोलेर फेरि साइँली हेर्न बसेँ। फिल्म सकिँदा २:१५ भै सकेको थियो। फेरि ७:५० को अलार्म लगाएर सुतेँ।…
झापा
हाल दक्षिण कोरिया