गजल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुर्णसन्ध्या समाधी

सङ्गै थियौँ चौतारीमा, बर हराएछ
कसले चोर्यो रातरातै, घर हराएछ ।

कता गए घामजुन, कता झर्‍यो गुराँस
नाम के हो ठाम के हो, थर हराएछ ।

पासा हारे पाण्डवले, सबै दुर्योधन
कहाँ लुकाउँ अस्मिता म, भर हराएछ ।

गुन्यूँ लाऊँ चोली लाऊँ, फुलूँ गुराँसमा
बलात्कृत मुटु मेरो, रहर हराएछ ।

तर्सिएर भागिरहें, अब भाग्ने छैन
भाग्दाभाग्दै थाकें म त, डर हराएछ ।

हतुवागढी - ३,सिन्द्राङ,भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: