Friday, November 22, 2019
Home > समसामयिक > उभौली साकेला/साकेन्वा (फोटो फिचर)

उभौली साकेला/साकेन्वा (फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठ्माडौँ/ किरात समुदायको महान् चाड साकेला/साकेन्वा उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले हिजो टुँडिखेलमा विशेष साकेला/साकेन्वा लाक छाम (नाच) कार्यक्रमको आयोजना गरी मनाएको छ ।

आफ्नो छुट्टै मुन्धुमी सभ्यता भएको दावी गर्ने किरात समुदायकोे हरेक संस्कार र प्रचलनहरु मुन्धुमका आधारमा तय हुने र सम्पन्न गर्ने प्रचलन छ। मुन्धुम/मुत्दुमको कुनै लिखित दस्तावेज नभएकोले मौखिक रुपमा पुस्तान्तरण हुँदै आईरहेको छ।

किरात सम्प्रदायका राई, लिम्बू, याक्खा र सुनुवार जातिमा प्रचलित साकेला/साकेन्वा बर्षमा दुई पटक मनाईने गरिन्छ। अन्नबाली सप्रीयोस, बर्षभरी रोग ब्याधी नलागोस्, प्राकृतिक बिपत्ती नपरोस्, सवैलाई सुब्बेफाब्बे होस भन्ने कामना गर्दै बैशाख पुर्णिमाको दिनबाट एक महिनासम्म भुमी(प्रकृति), पितृ र अन्नको पुजा गरि साकेला/साकेन्वा नाच्दै मनाईन्छ भने बालिनाली पाकिसकेपछी घर भित्र्याउने समयमा अन्नबाली सप्रीएको तथा कुनै पनि बिनास वा प्फाकृतिक प्रकोप आईनपरेको प्रती प्रकृति हावापानी र अन्य पशुपंछी प्रती कृतज्ञता प्रकट गर्दै मंसिर पुर्णिमादेखी एक महिनासम्म उधौलिपर्बको रुपमा मनाईने गरिन्छ।

साकेला/साकेन्वा नाचको तरिका विभिन्न ठाउँमा फरक फरक भएपनी आफन्त, साथिभाई, परिवार मिलेर गोलो घेरा बनाई ढोल झ्याम्टाको तालमा नाच्ने परम्परा समान छ। कतै छिटो चाल त कतै ढिलो चालमा नाचेपनी हात खुट्टाको चालको माध्यमबाट विभिन्न जीव जन्तुको चालको नक्कल तथा कृषि कर्म गर्दै गरेको अभिनय सहित माया, पिरती र सुख-दुखका बिषयमा साकेला/साकेन्वा लयमा एउटै लय र भाकामा गित गाउँदै उस्तै चालमा नाच्ने गरिन्छ। नाचिरहेकाहरु सबैको हात तथा खुट्टाको चाल उस्तै हुनुपर्छ जसको निश्चित शुत्र/नियम हुन्छ। साकेला/साकेन्वा नाचको नियम थाहा नहुने मान्छेले नाच्न सक्दैन।

 

साकेला/साकेन्वा नाच शुरुवातको बिषयमा फरक फरक मिथकहरु भए पनि किरात समुदायको आदिम पुर्खाहरु तायामा, खियामा र खोक्चिलिपा/हेत्छाकुपा/रैछाकुले यसको शुरुवात गरेको बिश्वास गरिन्छ भने पहिले पहिले किरात समुदायले मात्रै सहभागी हुन पाउने गरिएको यो नाचमा आजभोली भने किरात समुदाय बाहेकका युवा युवतिहरु समेत आकर्षित हुन थालेका छन्।

किरात आदिम पुर्खाहरुले प्रयोग गर्ने गरेको भनिने मर्चा, अदुवा, धनुकाँड, ढोल, झ्याम्टा आदिको प्रयोग गरि प्रकृतिको पुजा गरिने साकेला/साकेन्वाको मौलिक स्वरुपलाई जगेर्ना गर्नु आजको आवस्यकता हो भने यसको संरक्षण र सम्बर्द्धनका लागि आवस्यक पहल गर्नु राज्यको दायित्व हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *