Tuesday, August 11, 2020
Home > प्रमुख > हतुवागढी कला साहित्य महोत्सवको तयारी अन्तिम चरणमा : उत्कृष्ट दस कविताको छनौट सकियो(बिबरण सहित)

हतुवागढी कला साहित्य महोत्सवको तयारी अन्तिम चरणमा : उत्कृष्ट दस कविताको छनौट सकियो(बिबरण सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी/ पछिल्लो समय भोजपुरको दक्षिणी क्षेत्र हतुवागढीमा साहित्यको माहोल निक्कै बढिरहेको छ। संविधानको घोषणा पश्चात् बनेको राज्यको तीन तह र लगभग दुई दशकपछी सम्पन्न भएको स्थानिय निर्वाचन र निर्वाचित स्थानिय सरकार बनेपछी स्थानिय तहमा नागरिकहरुको उत्साह बढेसंगै साहित्यिक चेतको बिकास पनि बढ्दो क्रममा छ।

केही समय अघि मात्रै पात्लेपानी साहित्यिक महोत्सव सम्पन्न भएको हतुवागढिमा गत हप्ता मात्रै हसनपुर साहित्यिक जमघट सकिएको छ। सोही सिलशिलामा हतुवागढी कला, साहित्य तथा साँस्कृतिक प्रतिष्ठान हतुवागढीको आयोजनामा यहिँ जेठ ३१ र ३२ मा हतुवागढी कला साहित्य महोत्सवको आयोजना गरिएको छ। दुई दिनसम्म चल्ने सो महोत्सवमा देशका ख्यातिप्राप्त कवि लेखक पत्रकारहरूको आगमन हुने बताईएको छ भने महोत्सवलाई थप आकर्षक बनाउन ख्यातिप्राप्त कलाकारहरू उमेश राई (फुलन्देकी आमा), लीला राई (गायिका), हिरन राई लगायत स्थानिय कलाकारहरुको प्रस्तुति समेत रहने आयोजकको भनाई छ। भाषाशास्त्री प्राध्यापक टंक न्यौपानेको प्रमुख आतिथ्यमा हुने पहिलो दिनको कार्यक्रममा साहित्य र संगीतमा विशेष योगदान दिने दूइ जना मुर्धन्य व्यक्तित्वहरु कवि श्रीशीशा राईलाई हतुवागढी साहित्य सम्मान र संगीतकर्मी राम थुलुङलाई हतुवागढी संगीत सम्मानद्वारा सम्मान गरिनेछ ।

कार्यक्रमका दौडान खुल्ला कविता प्रतियोगिता तथा प्रतिनिधी कविता वाचन हुनेछ। देशभरीबाट ईमेल, पत्राचारका माध्यमबाट आएका झण्डै २ सय पाँचवटा कविताहरूमध्येबाट उत्कृष्ट १० छनोट गरि सोही १० कविता बिच प्रतिष्पर्धा गरिने भएको छ। आज अध्यक्ष कृपालसिं राई तथा सचिव लालबहादुर राईद्धारा हस्ताक्षरित सुचना प्रकाशित गर्दै प्रतिष्ठानले उत्कृष्ट दस कविता र कविहरुको बिबरण सार्वजानिक गरेको छ।

उत्कृष्ट १० कविता र कविहरु ः–
१) यादव ‘समिर’ राई – हेच्छाकुप्पा (हतुवागढी भोजपुर)
२) इन्दु केसी –कफनमा फिरेको देश (लालिगुराँस, तेह्रथुम)
३) मिलन कार्की – मरुभूमिमा पाइला (ईलाम)
४) विज्ञानराज कार्की –मौन प्रश्न (विरेन्द्रनगर सुर्खेत)
५) अर्जुन दुलाल –नेपाल यो स्वर्ग हो (माई नगरपालिका ईलाम)
६) ‘अज्ञात’ ऋषी राई – पाकान्छाको थेगो (कटारी उदयपुर)
७) निमेश सुब्बा ‘सिकारु’ –पसलेहरु (बिजनवारी दार्जिलिङ्ग)
८) प्रदिप योङहाङ – पसिना बेच्नेहरु (रतुवामाई, हाल धरान)
९) किरण शिवा – शासक इश्वरहरु (ईटहरी सुनसरी)
१०) रुपेश कार्की –तिमी र म (हतुवागढी भोजपुर)

उक्त कविता प्रतियोगिताको विजेताले पुरस्कार स्वरुप रु.१५,००० प्राप्त गर्नेछन् भने दोश्रो, तेश्रो र सान्त्वनाले क्रमशः रु.१०,०००, रु.५,००० र रु.३,००० प्राप्त गर्नेछन् । सोही दिन साहित्यकार कुन्ता शर्मा, रमेशचन्द्र अधिकारी, राजेश विद्रोही, राजन इशारा, मायामितु न्यौपाने लगायतले कविता तथा गजल वाचन गर्ने छन् ।

यस्तै महोत्सवको दोश्रो दिन खुल्ला लोकनृत्य प्रतियोगिता हुनेछ । विजेताहरूले कविता प्रतियोगिता जस्तै समान पुरस्कार प्राप्त गर्नेछन् भने उमेश राई (फुलन्देकी आमा), गायिका लीला राई र हिरन राईको विशेष प्रस्तुति रहनेछ । दुई दिनसम्म चल्ने सो कार्यक्रम हतुवागढी –४ फलामढुंगामा हुने छ ।
तयारीको अन्तिम चरणमा पुगेको सो कार्यक्रमका लागि हतुवागढी गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ भने अन्य शुभेच्छुक शुभचिन्तकहरूबाट सहयोग जुटाइएको प्रतिष्ठानका अध्यक्ष कृपालसिं राईले बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: