Friday, November 22, 2019
Home > प्रमुख > नेकपा भोजपुरको सपथ ग्रहण सकियो : १३७ जनाको जिल्ला कमिटि

नेकपा भोजपुरको सपथ ग्रहण सकियो : १३७ जनाको जिल्ला कमिटि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भोजपुर, २८ जेठ । तत्कालिन नेकपा एमाले र एकीकृत नेकपा माओबादी केन्द्र बिच एकीकरण भई नेपाल कम्यूनिष्ट पार्टी भएको तेह्र महिनापछि नेकपा भोजपुर जिल्ला कमिटिको नेतृत्वले पुर्णता पाएको छ।
२७ जेठमा नेकपा भोजपुरको कार्यालयमा १ शय ३७ जना जिल्ला कमिटी सदस्यलाई नेकपा प्रदेश नं. १ ईन्चार्ज भिम आचार्यले एकमुष्ट सपथ ग्रहण गराएपछी नेतृत्वले पुर्णता पाएको हो।

पुर्ब एमालेका तर्फबाट ७४ जना र पुर्व माओबादी केन्द्रका तर्फबाट ६३ जना सामेल जिल्ला कमिटिमा अध्यक्ष पुर्ब एमालेका तर्फबाट प्रेमकुमार राई एवं सचिब पुर्व माओबादी केन्द्रका तर्फबाट बिमल खड्कालाई जिम्मा दिईएको छ। सपथ ग्रहण पश्चात् बसेको पहिलो पुर्ण जिल्ला कमिटी बैठकले ४५ सदस्यीय सचिवालय गठन गर्दै दैनिक कार्य सम्पादनका लागि सात सदस्यीय टोलि समेत बनाएको छ। जसमा अध्यक्ष र सचिबका अलावा देविराम चौँलागाइँ, शरणकुमार राई, वीरजंग राई, नगेन्द्र भुजेल र रामकुमार दंगाल “समुल” रहनुभएको छ भने सोही बैठकले आगामी असार ८ र ९ गते ९ वटै स्थानिय तहको केन्द्रमा स्थानिय तहका संगठनमा आबद्ध नेता/कार्यकर्ताहरुलाई सपथ ग्रहण गराईने कार्ययोजना समेत तय गरेको छ।

नेपाल कम्यूनिष्ट पार्टिका केन्द्रीय तथा प्रदेश स्तरका नेताहरुको उपस्थितिमा सम्पन्न भएको सपथ ग्रहण कार्यक्रममा नेताहरुले बिगतमा कम्यूनिष्ट पार्टिहरु बिभाजनको सिकार भएकोले बुर्जुवाहरुले फाईदा लुटिरहेको तर्फ औँल्याउँदै अब बनेको एकीकृत पार्टिले ठूलो भएको र सत्तासिन भएको घम्ण्ड नगरी नागरिकहरुको घर घरमा पुगेर पार्टिको बिचार र सिद्धान्त अनुसार नागरिकहरुलाई एकाकार गर्नुपर्नेमा जोड दिनुभयो। पार्टी केन्द्रीय सदस्यहरु हरिबहादुर राई, अजम्बर काङ्माङ्ग, सुदन किराँती, जयन्ती राई तथा प्रदेश कमिटी सचिब सुरेशकुमार राई “हिमाल”, सदस्यहरु देवराज घिमिरे, सावित्री काफ्ले लगायतका नेताहरुले बोल्नुभएको थियो भने प्रमुख अतिथी प्रदेश ईन्चार्ज भिम आचार्यले समय मै जिम्मेवारी नतोकिँदा हजारौँ कार्यकर्ताहरुमा अन्यौलता बढिरहेकोले अब पार्टी संगठनलाई ब्यबस्थित गरि सिंगो पार्टी पंतिलाई शसक्त बनाएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *