Friday, May 29, 2020
Home > गजल > गजल

गजल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राज हाङ्खिम

मर्न रहर छ मलाई, बाँच्न नलगाउनु।
यसरी दाँत खसेपछी, हाँस्न नलगाउनु।

हात नभएको मान्छेको पनि, मान हुन्छ
अपमान गर्न मञ्चमा, नाच्न नलगाउनु।

खुल्ला आकाश छुने प्रतिस्पर्धाको युगमा
पिँजडाभित्र जिन्दगानी, राख्न नलगाउनु।

फूल जस्तो फक्रिएर, भमरा हेर्न मन छ
फुल्नै नपाई कोपिला, भाँच्न नलगाउनु।

बा! हजुरको चिहान सुनकै बनाउँला बरु
सम्पत्तिसँग मेरो जवानी, साट्न नलगाउनु।

हतुवागढी:-६,भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *