Friday, May 29, 2020
Home > गजल > गजल

गजल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राज हाङ्खिम

झुपडीमा भगवान देखेर, आनन्द लाग्छ।
मेरो यस्तै खप्पर लेखेर, आनन्द लाग्छ।

बर जस्तो अग्लो नभए नि, पछुतो लाग्दैन
बारीमा फलेको फर्सी हेरेर, आनन्द लाग्छ।

जिन्दगीको यात्रामा सयौंचोटि लडे पनि
एक पटक शिखर टेकेर, आनन्द लाग्छ।

महलमा बस्न नपाएरै भाग्यमानी ठान्दछु
बाआमा आज घरमै भेटेर, आनन्द लाग्छ।

हाम्रै गर्धनमा प्रहार गर्थ्यो दुश्मनहरुले
त्यो पुरानो खुकुरी बेचेर, आनन्द लाग्छ।

हतुवागढी:-६,भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *