
दिन्छु भन्दै तिम्रो यौवन, प्रेमीहरु डाकेउ धेरै
भन्यौ मलाई बैंस दिन्छु, बाचाहरु भाकेउ धेरै
पोखिएको बैंस तिम्रो जतन गरी दिलमा राखें
रुपको खेलमा मात्तिएर अन्तै तिर ताकेउ धेरै
प्रेमको चंगा आकाशमा जताततै छाडा छोड्यौ
धागो छिनाई उही चंगाले गल्तिहरु ढाकेउ धेरै
आलो काँचो प्रिती लायौ खेल्दै चोखो मनसँग
धोखा समेत दिन सिक्यौ पिरतीमा पाकेउ धेरै
रमाउँदै पछि लाग्यौ झुठो प्रेमको रंग रौसमा
घातसंग आँशु पायौ आखिर तिमी थाकेउ धेरै//
संखुवासभा
हाल वेलायत