-आर
कतै जम्काभेट हुँदा, तिमी बाटो मोड्नु प्रिय
सम्झनाका तरेलिलाइ, आखैबाट छोड्न प्रिय
प्रत्येक पलको झझल्कोछ यी नयनमा नाचिरहने
नपत्याए तिम्रो आफ्नै, आत्मालाइ सोध्नु प्रीय
ती दिनहरू यादगरी अझै पनि बिझ्छ छाती
झुक्किएर सम्झ्यौ भने, कलेजी निचोड्नु प्रीय
हृदयका राजा तिमी अझै पनि राजै गर्छौ
म त धरतिकी धुलो उर्वशी, रानी रोज्नु प्रीय
आत्मा शान्ति मिल्छ भने मनको इच्छा पुर्ण गरेस
नभरिने लालसा लाई, भरिने बस्तु खोज्नु प्रीय
ईटहरी – ४, सुनसरी