Friday, May 29, 2020
Home > गजल > गजल

गजल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

-भिम बिराग

कोपिला गुलाब, तिम्रा यी आँखाहरु
प्रश्न र जवाफ, तिम्रा यी आँखाहरु।

देखे कसैले न देख्ने छन् कहिले
यस्तो छ लाजवाब, तिम्रा यी आँखाहरु।

साह्रै साँघुरो भयो मानिसको मन,
खुल्ला खुल्ला किताब, तिम्रा यी आँखाहरु।

गहिरो सागरको पनि छ हिसाब
गहिराई बेहिसाब, तिम्रा यी आँखाहरु।

घाइते छ रे यहाँ सिंगो शहर नै
खञ्जर हुन कि सराब, तिम्रा यी आँखाहरु?

Leave a Reply

Your email address will not be published. Required fields are marked *