Home > खेलकुद > मिरा राई बहुउद्देश्यिय रंगशालाको DPR सकियो। (फोटो फिचर)

मिरा राई बहुउद्देश्यिय रंगशालाको DPR सकियो। (फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पौवादुङमा, ४ साउन। पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रेमा विश्व अल्ट्रा म्याराथुन बिजेता मिरा राईको सम्मानमा निर्माण भइरहेको ‘मिरा राई रंगशाला’ को बिस्तृत परियोजना प्रतिबेदन (डीपीआर) हिँजो एक कार्यक्रमका विच प्रस्तुत गरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउन सकिने गरि निर्माण भइरहेको बहुउद्धेश्यिय रंगशालाको ५६ करोडको डीपीआर तयार भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो।

फिफाको मापडण्ड अनुसार निर्माण भइरहेको रंगशाला निर्माणमा गाउँपालिका र प्रदेश १ सरकारको तर्फबाट गरि कुल दुई करोड रुपैँया खर्च भईसकेको अध्यक्ष राईको भनाई छ । मैदान अहिले सामान्य रुपमा खेल खेल सकिने गरि निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: