सउल, १७ साउन । दक्षिण कोरिया र जापानको ट्रेड वार (व्यापारिक युद्द) ले चरम उत्कर्ष लिईरहेको बेला एकजना ७२ बर्षीय बृद्द कोरियन नागरिकले जापानको बिरोध गर्न आँफैलाई जलाएका छन ।
जापानले कोरियालाई नाकाबन्दी गरेसंगै जापानसंग रिस पोख्न आफ्नै सरिरलाई जलाएर यसको बिरोध गरेको जनाईएको छ। सउलको जोङरो पुलिस प्रशासनले जनाए अनुसार उनलाई अहिले सउल अस्पतालमा सघन कक्षमा उपचार गराईरहेको छ।
प्रहरीले जनाएअनुसार घटनास्थल नजिकै एउटा बेबारिसे झोला पनी भेटिएको छ।उत्त झोला घाईतेकै भएको प्रारम्भिक अनुसन्धानले जनाएको छ।उत्त झोलामा एउटा कागजमा जापान बिरोधी मेमो भेटिएको पनि प्रहरीले जनाएको छ।
जापानको यो अमानविय नाकाबन्दीको कडा विरोधका शब्दहरु संगै जापानी प्रधानमन्त्रीले नाकाबन्दी गरे वापत माफी माग्नुपर्ने उक्त मेमोमा उल्लेख भएको प्रहरीले बताएको छ।
यस संगै कोरियामा जापान बिरोधी अभियान हरु चलिरहेका छन। “हामी जापानी सामान नि प्रयोग गर्दैनौँ, जापान नि जाँदैनौँ” भन्ने जस्ता पर्चाहरु चोकचोकमा देखिन थालेका छन। साथै मार्ट तथा पसलमा “यहाँ जापानी सामान बेच्दैनौँ” भन्ने बोर्डहरु भेटिन थालेका छन । कोरिया र जापानको व्यापार युद्द चलेपछि हजारौँ कोरियनहरुले आफ्नो जापान भ्रमण योजनाहरु रद्द गरेको बिभिन्न संचार माध्यमले जनाएका छन ।
स्मरण रहोस यही महिनाको सुरुवातमा एकजना ७८ बर्षिय बृद्द कोरियन नागरिकले जापानी दुताबास अगाडी आत्महत्या गरेका थिए।
(kantipurpress.com को सहयोगमा)