Friday, May 29, 2020
Home > गजल > गजल

गजल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

-राज हाङ्खिम

मेरा लागि गाउँ भन्दा ठूलो, शहर हुँदै हुदैन।
किनकि यहाँ भरियाहरुको, कदर हुँदै हुदैन।

बाले धेरै नपढाउनुको कारण थाहा भयो
बुढेसकालमा आश्रम जाने, रहर हुँदै हुदैन।

पिडा जति दिन्छौ देउ प्रभु घुम्ने पृथ्वीमा
ठक्कर नखाई किनारको, बगर हुँदै हुदैन।

दुश्मनले हानेको लाठी पनि काम लाग्छ
जिन्दगीमा सधै मैदानको, सफर हुँदै हुदैन।

मिडिया ब्यापार हो भन्ने प्रमाण छ मसँग
पत्रीकामा केवल गरीबको, खबर हुँदै हुदैन।

हतुवागढी – ६,भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *