Home > अन्तर्राष्ट्रिय समाचार > पाकिस्तानले आफ्नो हवाई मार्ग बन्द गर्‍यो, भारतिय प्रधानमन्त्री मोदिले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

पाकिस्तानले आफ्नो हवाई मार्ग बन्द गर्‍यो, भारतिय प्रधानमन्त्री मोदिले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, २३ साउन । पाकिस्तानले गत बर्ष मात्रै खुला गरेको एउटा हवाई मार्ग फेरि बन्द गरेको छ। भारत सरकारले भारत नियन्त्रीत जम्बु काश्मिर राज्यको विशेष अधिकार उल्लेखित भारतिय संविधानको धारा ३७० खारेज गरि केन्द्र सरकारको अधिनमा राख्ने निर्णय गरे संगै भारत-पाक सम्बन्ध बिग्रीरहेको शृङ्खलामा पाकिस्तानले चालेको सो कदमलाई अर्थपुर्ण रुपमा हेरिएको कुरा एजेन्सिहरुले जनाएका छन्।
भारतबाट यूरोप, अमेरिका तथा मध्यपुर्बको उडानका लागि प्रयोग गरिने सो हवाई मार्ग बन्द गरिएपछी ती ठाउँवाट भारत भित्रीने उडानहरुले बैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ भने भारतबाट बाहिरिने उडानहरुका लागि १२ मिनेट समय थप लाग्नेछ।
यसै सन्दर्भमा भारतिय समय अनुसार आज दिउँसो ४ बजे भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ। सो सम्बोधनमा धारा ३७० तथा जम्बु काश्मिरको बारेमा विशेष उल्लेखनिय कुरा आउने अपेक्षा गरिएको छ।
यता नेपालका लागि भारतिय राजदुत मनजितसिंह पुरिले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालिसंग भेट गरि भारत-पाक बिच उत्पन्न समस्याको बारेमा जानकारी गराएको जनाईएको छ भने उता भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यलाई पनि भारतिय बिदेशमन्त्रीले हालै उत्पन्न परिस्थितिका बारे जानकारी गराएको बताईएको छ। मन्त्री ज्ञवालिले आफ्नो देशमा उत्पन्न परिस्थितिको बारे छिमेकी देशलाई जानकारी गराउनी सामान्य प्रक्रिया रहेको प्रतिकृया दिनुभएकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: