Wednesday, July 8, 2020
Home > प्रबास > एनआरएनए दक्षिण कोरियाको अधिबेशनका लागि धमाधम उम्मेद्धारी घोषणा गरिँदै : अध्यक्षमा ४ जनाको दावी

एनआरएनए दक्षिण कोरियाको अधिबेशनका लागि धमाधम उम्मेद्धारी घोषणा गरिँदै : अध्यक्षमा ४ जनाको दावी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सउल, २५ साउन। गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षका लागि ४ जनाबाट उम्मेद्वारी दिने घोषणा भईसकेको छ। आगामी सेप्टेम्बर २१ र २२ का लागि तय गरिएको संघको सातौँ अधिवेशनका लागि अध्यक्ष पदमा यज्ञराज सुवेदी, विपिन गुरुङ, बुद्धि गुरुङ र लक्ष्मी लामा गुरुङले उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो।

चार मध्ये लक्ष्मी लामा गुरुङले दोस्रो कार्यकालका लागि उम्मेद्वारी घोषणा गर्नुभएको हो। सो अधिवेशनका लागि अन्य पदहरुमा पनि उम्मेद्वारी घोषणा गर्ने क्रम चलिरहेको छ।

आईसिसी सदस्यमा ओम जुगजाली मगर, संघको वरिष्ठ उपाध्यक्षमा अमृत राई, जीवन थापा र शिव रेग्मीले उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ भने उपाध्यक्षमा संजीव राई, ईश्वर रोकाय, सोम तामाङ, यदु लामिछाने र अबिका पार्कले उमेद्वारी दिने बताउनुभएको छ।

महासचिवमा विमल सुवेदी, धर्मराज जोशी र भिमराज चेम्जोङले उमेद्वारी घोषणा गरिसक्नुभएको छ, त्यसैगरी सचिव पदमा सन्तोष कुमार राई, किशोर कोईराला, रोसन भट्टराई र टंक गौतमले उम्मेद्वारी घोषणा गर्नुभएको छ।

सामाजिक संजालमा उम्मेद्वारहरु र तिनका समर्थकले आफ्ना उम्मेद्वारलाई विजयी गराउन अपिल समेत गरिरहेका छन्।

अधिवेशन नजिकिँदै जाँदा पनि संघले भने अहिलेसम्म निर्वाचन मण्डल निर्माण गर्न सकिरहेको छैन्। संस्थाका पदाधिकारीले समय दिन नसक्दा पूर्ण बैठक बस्न ढिलाई भएको संघकी अध्यक्ष लक्ष्मी लामा गुरुङले बताउनुभयो।

अहिले मतदाताको सदस्यता फाराम संकलन गरिरहेको बताउँदै अध्यक्ष गुरुङले केही दिन भित्रै निर्वाचन मण्डल पनि निर्माण हुने प्रष्ट्याउनुभयो।

(kantipurpress.com को सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *