दिलिप बान्तावा
भारतिय उपमहाद्धिपको ईतिहासमा काश्मिरलाई काश्मिर उपत्यका भनेर चिनिन्छ। बर्तमान समयमा यो उपत्यका भारत, पाकिस्तान र चिनले आ-आफ्नो भुभागको रुपमा छुट्याएर राज्य चलाईरहेका छन्। भारतले जम्बु-काश्मिर(लद्दाख सहित), पाकिस्तानले आजाद काश्मिर र गिल्गित बलुचिस्तान तथा चिनले अक्साई चीन र ट्रान्स काराकोरम ट्राक्ट को नाममा राज्य गरिरहेका छन्।
शुरुवाती समयमा हिन्दुहरुको महत्वपुर्ण केन्द्रको रुपमा रहेको काश्मिरमा बिस्तारै बौद्धमार्गिहरुको आवतजावत बाक्लिन थाल्यो। नवौँ शताब्दिमा शैवबादिहरुको प्रबेश संगै उनिहरुको सत्ता शुरु भयो भने तेह्रौँ शताब्दिदेखी पन्ध्रौँ शताब्दिको बिचमा आएका ईस्लामिक शासकहरुले सत्ता हत्याए तथापी ईस्लामिक शासकहरुले अघिल्लो शासकहरुले बिकास गरेका सभ्यता र मूल्य मान्यताहरुलाई जोगाएर राखे। सन् १३३९ मा शाह मिर काश्मिरका पहिलो मुस्लिम शासक वनेका थिए उनैले शाह मिर राजबंशको जग बसाए जसले निरन्तर पाँच शताब्दिसम्म मुस्लिम राजतन्त्रको रुपमा काश्मिरमा राज गर्यो।
शाह मिर राजतन्त्रले आफ्नो समयमा काश्मिरको अलावा दोस्रो शताब्दिदेखी कायम रहेको मुगल साम्राज्य तथा अफ्गानिस्तानको दुरानी साम्राज्य समेत आफ्नो हातमा लिएको थियो। तर अठारौँ शताब्दिको शुरुवाततिर अस्तित्वमा आएको पञ्जाव राज्य केन्द्रीत शिख साम्राज्यका निर्माता रञ्जित सिंहले मुगल साम्राज्य, दुरानी साम्राज्य सहित काश्मिरलाई समेत आफ्नो पोल्टामा पारे। महाराज रञ्जित सिंहले सन १८०१ मा स्थापना गरेको शिख साम्राज्यमा उनी सहित सात जना महाराजहरुले राज्य गर्दै सन् १८४७ मा टुंगियो जहाँ पहिलो एङ्लो-शिख युद्धमा शिखहरुको हार भएको थियो। सन १८४५-१८४६ मा ईस्ट ईन्डिया कम्पनी र शिख साम्राज्यबिचको युद्धलाई First Anglo-Shikh War को नामले चिनिन्छ।
उन्नाईशौँ शताब्दिको शुरुवात हुँदै गर्दा सम्म नेपाल बाहेक भारतिय उपमहाद्धिपका सम्पुर्ण भुभागहरु आफ्नो मातहत ल्याईसकेको बृटिश साम्राज्यसंग भएको उक्त युद्धको अन्त्यमा गरिएको अमृतसार सन्धी अनुसार काश्मिरलाई प्रीन्स्ली स्टेट्को रुपमा राखि तत्कालिन काश्मिरि राजा गुलाव सिंहलाई पचहत्तर लाख रुपैँया रकम तिराई काश्मिरको पहिलो शासक बनाईयो। प्रीन्स्ली स्टेट भन्नाले राज्यहरु आफ्नो राज्य संचालनमा स्वतन्त्र भएपनी बिदेश नीति भने बृटिशले कायम गरिदिए अनुसार चल्नुपर्थ्यो र बृटिशका यस्ता स्टेटहरु ६६५ वटा जति थिए जोबाट उसले निश्चित रकम लिएर उपनिबेश कायम गरि राज्य गर्न स्थानिय रजौटाहरुलाई अधिकार दिने गर्दथ्यो। तर पहिलो विश्वयुद्ध ताका देखि नै भारतमा स्वतन्त्रता आन्दोलनको शुरुवात भइसकेको थियो भने दोश्रो विश्वयुद्धको मध्यतिर यो आन्दोलन चरम उत्कर्षमा पुगिसकेको थियो । यो बेला विश्व युद्धले थिलथिलो भएको बृटिश साम्राज्यका लागि भारतमा उठिरहेको स्वतन्त्रता संग्राम पिलो हुन थाल्यो । अन्त्यमा सन् १९४७ मा बृटिशले भारत छोड्ने निर्णय गर्यो । तर स्वतन्त्र आन्दोलन गर्नेहरु धर्मको हिसाबले हिन्दु र मुस्लिम दुई भागमा बिभाजित थिए । बृटिशले आफ्ना प्रीन्स्ली स्टेटहरुलाई हिन्दुस्तान, पाकिस्तान वा स्वतन्त्र राज्य भनेर तीन विकल्प रोज्न लगायो। हिन्दु बाहुलले हिन्दुस्तान र मुस्लिम बाहुलले पाकिस्तान रोजे तर जम्मु-काश्मिरका अन्तिम राजा हरि सिंह (गुलाव सिंहका नाति) मात्र एक राजा भए जस्ले हिन्दुस्तान र पाकिस्तान नरोजी छुट्टै स्वतन्त्र राज्य हुने विकल्प रोजे । यसको पनि कारण थियो । हरि सिंह हिन्दु राजा भए पनि आफ्नो राज्यको काश्मिर भुभाग मुस्लिम बाहुल्य, जम्मु भुभाग हिन्दु बाहुल्य र लद्धाख भुभाग बौद्ध बाहुल्य भएकोले त्रिकोणात्मक धर्मावलम्बी भएको देशलाई सन्तुलन कायम राख्न उनले स्वतन्त्र राज्यको विकल्प रोजे ।
जम्मु-स्वतन्त्र राज्य कायम भएता पनि यसको स्वतन्त्रता अक्षुण राख्न राजा हरि सिंह असफल हुन लागे। काश्मिरमा बसोबास गर्ने मुस्लिम आदिवासीले पाकिस्तानी सेनाको सहयोग लिएर पश्चिम काश्मिर कब्जा गर्न थाले । यसको मुकाबिका गर्ने तागत राजा हरि सिंह संग थिएन । यता जम्मु र लद्धाखमा पनि राजा हरि सिंहद्वारा लादिएको चर्को करको बिरोध स्वरुप आन्दोलन हुन थाल्यो । राजा हरि सिंह बाध्य भएर हिन्दुस्तान संग सैन्य सहयोग माग गर्नु पर्ने अवस्थामा पुगे । हिन्दुस्तानका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले एउटा सर्तमा मात्र सैन्य सहयोग गर्ने भए । त्यो सर्त भनेको जम्मु काश्मिरलाई हिन्दुस्तानमा गाभ्नु पर्ने थियो । राजा हरि सिंह हिन्दु राजा भएकोले पाकिस्तानमा गाभिनु भन्दा हिन्दुस्तानमा गाभिनु नै धार्मिक हिसाबले उचित ठाने। तर उनले पनि हिन्दुस्तानसंग एउटा सर्त राखे । त्यो सर्त भनेको जम्मु काश्मिर हिन्दुस्तानमा गाभिए पनि यसको छुट्टै झण्डा र छुट्टै संविधान हुनुपर्नेछ । यहि सर्तलाई भारतको संबिधानको धारा ३७० मा उल्लेख गरिएको थियो ।
राजा हरि सिंह र प्रधानमन्त्री नेहरु बिच यहि सर्तमा सम्झौता भए पश्चात् भारतिय सेना सन् १९४७ को अक्टोबर महिनामा काश्मिर प्रबेश गर्यो तर आदिवासी मुश्लिमको कब्जामा रहेको पश्चिमी काश्मिर फिर्ता गर्न सकेन । यहि मामिलामा भारत र पाकिस्तान बिच पहिलो पटक युद्ध भयो । आदिवासी मुस्लिमको कब्जामा भएको पश्चिम काश्मिर पाकिस्ताननी सेनाले आफ्नो बनायो र बाँकी पुर्बी
काश्मिर भारतिय सेनाले आफ्नो बनायो । तर दुबै देशले पुरै काश्मिर आफ्नो भएको दाबी गरिरहे ।
यसरी काश्मिरको बारेमा भएको भारत-पाक युद्ध समाप्त गर्न संयुक्त राष्ट्र संघले पहल गर्यो । राष्ट्र संघले भारत र पाकिस्तानले युद्ध गरेको स्थानलाई अस्थायी सिमा रेखा (लाइन अफ कन्ट्रोल) कायम गरिदियो । यहि रेखालाई भारत र पाकिस्तानले आफ्नो सीमा मान्ने सम्झौता भयो यद्यपि अझै यसलाई अन्तर्राष्ट्रिय मान्यता भने दिईएको छैन। यसप्रकार काश्मिर दुई मुलुकमा बिभाजित भयो । पश्चिमी खण्ड पाकिस्तानको अधिनमा गयो, पुर्बी खण्ड भारतको अधिनमा।
काश्मिरको विषयलाई लिएर अहिले सम्म तीन पटक भारत-पाक युद्ध भइसकेको छ । यसको कारण हो काश्मिरको सामरिक महत्व । काश्मिर लगभग भारत, चीन र पाकिस्तानको साझा सिमाना हो । त्यसैले दुबै देशले काश्मिरलाई आफ्नो बनाउन चाहन्छन् । लाइन अफ कन्ट्रोल पार गरेर पाकिस्तानी मुस्लिम आतंकवादीहरुले भारत प्रशासित काश्मिरमा हमला गरिरहन्छन् भने भारतिय सेना पनि एलओसी पार गरेर आतंकवादीलाई आक्रमण गर्न पाकिस्तान प्रशासित काश्मिरमा हमला गरिरहन्छ ।
अगष्ट ५, २०१९ मा मोदी सरकारले संबिधानको धारा ३७० खारेज गरिदिएको छ । यसको मतलब अब जम्मु-काश्मिरको छुट्टै झण्डा र छुट्टै संविधान हुने छैन । काश्मिर अब युनियन टेरिटोरिका रुपमा एक सदनात्मक व्यवस्थापिका भएको प्रान्त हुनेछ भने लद्धाख चाहिँ छुट्टै टेरिटोरिका रुपमा केन्द्र अन्तर्गत शासित हुनेछ।