Tuesday, August 11, 2020
Home > समाचार > जापानले एक हजारलाई नर्सिङ केयर गिभर परीक्षामा सहभागी गराउने, यसरी दिन सकिन्छ आवेदन

जापानले एक हजारलाई नर्सिङ केयर गिभर परीक्षामा सहभागी गराउने, यसरी दिन सकिन्छ आवेदन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैँ । जापान सरकारले पहिलो चरणमा एक हजार नेपालीलाई नर्सिङ केयर गिभर परीक्षामा सहभागी गराउने भएको छ । जापानिज् भाषा र सिप मुल्यांकन परिक्षा २७ देखि २९ अक्टोबर, ५ देखि ७ नोभेम्बर र १२ देखि १४ नोभेम्बरमा हुने तय भएसँगै नेपालबाट एक हजार जनाले परीक्षामा सहभागी हुन पाउने तय भएको हो ।

जापान सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सूचना जारी गरेर नर्सिङ केयर गिभरमा जान चाहने कामदारको आगामी अक्टोबर र नोभेम्बर महिनामा परीक्षा लिने जनाएको छ । जापाने फस्ट कम फस्ट नीति अख्तियार गर्ने जनाएको छ । उसले शुरुमा आवेदन दिनेलाई प्राथमिकता दिइने स्पष्ट पारेको हो । साथै आवेदन अनलाइनमार्फत दिन सकिने जनाएको छ ।

सूचना अनुसार अनलाइन आवेदन दिनुअघि काठमाडौंस्थित जापनिज् दुतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट अनिवार्य रूपमा टोकन लिनुपर्ने जनाएको छ । जापान सरकारका अनुसार टोकन लिएपछि मात्र अनलाइन आवेदन भर्न पाइनेछ । आवेदन फारम भरेकाहरुले परिक्षामा सामेल भएर उतीर्ण भए जापान जान पाउनेछन् ।

जापानले नर्सिङ केयर गिभरमा जान चाहनेका लागि कुनै शैक्षिक योग्यता नचाहिने जनाएको छ यद्पी ‘नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्ट’ र ‘नर्सिङ केयर जापानिज ल्याङ्ग्वयज इभ्यालुयसन टेष्ट’ उत्तीर्ण हुनुपर्ने जनाइएको छ । जापान सरकारले टोकन लिने सेन्टरको सूची भने सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: