Tuesday, July 7, 2020
Home > कला > दार्जिलिङ्गको अर्को सुमधुर स्वर भावना थापा : थिम्पुको चिसो हावाले..

दार्जिलिङ्गको अर्को सुमधुर स्वर भावना थापा : थिम्पुको चिसो हावाले..

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दार्जिलिङ्ग, राष्ट्रियताले भारत भए पनि भाषा र संस्कार, संस्कृतिले नेपाली जनजिवनसंग नजिक लाग्छ। उसो त नेपाली भाषाको साहित्य, कला, गित-संगितको क्षेत्रमा दार्जिलिङ्गले गरिरहेको योगदान अमुल्य छ।

दार्जिलिङ्गबाट उदाएका कैयौँ सांगितिक स्वरहरुले नेपाली संगितलाई उँचो बनाएका छन्। अरुणा लामा, अम्बर गुरुङ्ग, गोपाल योञ्जन, शान्ति ठटाल, डेजि बराईलीदेखि कुन्ती मोक्तान, उदय-मनिला सोताङ् लगायतको सांगितिक समर्पणले नेपाली गित, संगितलाई अझ उर्बर बनाईरहेको छ। त्यस्तै लहरमा अर्को नाम थपिएको छ भावना थापा। दार्जिलिङ्गमै रहेर निरन्तर गित संगितमा कृयाशिल थापाले भर्खरै काठमाडौसंग निकटता जोड्नुभएको छ। केही समय अगाडि मात्रै काठमाडौ पुगेर केही गितहरु रेकर्ड गरि दार्जिलिङ्ग फर्कनुभएको थापाको स्वरमा रहेको थिम्पुको चिसो हावाले… बोलको नयाँ गित भर्खरै सार्बजानिक भएको छ।

OSR Digital बाट सार्बजानिक गरिएको उक्त म्युजिक भिडियोलाई प्रदिप गुरुङ्ग र जमुना गुरुङ्गले निर्माण गर्नुभएको हो। अगोम गुरुङ्गको रचना तथा संगित रहेको यस गितको भिडियोमा सञ्जु गुरुङ्ग र तारामान राईको अभिनय हेर्न सकिन्छ भने G2G Dance Crew को नृत्यकारहरुको नृत्य रहेको छ।

यस गितको भिडियोका लागि भुटानको विभिन्न ठाउँहरुको सुन्दर दृष्यहरुलाई खिचेर भुमान शर्माले सम्पादन गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *