Home > अन्तर्राष्ट्रिय समाचार > कोरियामा  शक्तिशाली आँधी (टाईफुन) लिंङ्लिङ,

कोरियामा  शक्तिशाली आँधी (टाईफुन) लिंङ्लिङ,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दक्षिण कोरिया, २१ भदौ । द्रुत गतिमा कोरिया भित्रिदै गरेको शक्तिशाली आँधी (टाईफुन) लिंङ्लिङले शनिवार बिभिन्न क्षेत्रमा क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ ।
यो बर्षको तेर्‍हौँ आंँधी, लिंङ्लिङ जापानको ओकिनावाबाट २० देखि ३० किलोमिटर प्रतिघन्टाको दरले कोरिया भित्रिने क्रममा रहेको कोरियाली मौसम बिभाग (KMA) ले जनाएको छ । उक्त आँधीले उच्च बर्षा समेत गराउने अनुमान गरिएको छ ।
उक्त आँंधीको चाप ९४० हेक्टोपास्कल तथा गति ४७ मिटर प्रति सेकेन्ड रहने अनुमान छ । यो गतिले कार ,जहाज लगायतलाई अनियन्त्रित गर्नुका साथै रुखहरु समेत उखेल्न सक्ने बताइएको छ ।
मौसम विभागले कोरियाका बिभिन्न टापुमा आंँधीको गति ५५ मिटर प्रति सेकेन्ड सम्म हुन सक्ने बताएको छ । यसले कोरियामा ठुलो क्षति निम्त्याउन सक्ने भएकोले सचेत अबस्थामा रहन सुझाब दिइएको छ ।
आँधीले जेजु टापु, देशको दक्षिणी भेग तथा राजधानी सियोललाइ समेत क्षति पुर्याउने अनुमान छ । हावाको गति जेजुमा १५० किलोमिटर प्रतिघन्टा हुने छ भने सोहि समयमा सियोलमा १४० किलोमिटर प्रतिघन्टा को बेग रहने बताइएको छ ।

(कोरिया टाइम्सबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: