Home > प्रमुख > प्रदेश नम्बर एकको शय बिद्यालयमा डिजिटल साक्षरता अभियानको शुभारम्भ

प्रदेश नम्बर एकको शय बिद्यालयमा डिजिटल साक्षरता अभियानको शुभारम्भ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर, २३ भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सामुदायिक विद्यालयका लागि ‘डिजिटल साक्षरता’ अभियानको हिँजो ल्यापटपको इन्टर दवाई शुभारम्भ गर्नुभएको छ। सामाजिक विकास मन्त्रालयद्वारा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता एवं ४०औँ शिक्षा दिवसका उपलक्ष्यमा एकसाथ प्रदेशका १०० विद्यालयमा साक्षरता अभियानको शुरुआत गरिएको खवर रातोपाटी अनलाईनमा प्रकाशित भएको छ ।
मोरङको बुढीगङ्गा गाउँपालिका–१ स्थित नरग्राम नमूना माध्यमिक विद्यालयको ७१औँ वार्षित्सव एवं अभिभावक दिवसका उपलक्ष्यमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले अभियानको शुरुआत गर्नुभएको हो।

मन्त्रालयको रु दुई करोड, स्थानीय निकाय, इक्वालीटि फाउण्डेशन अमेरिका, युनाइटेड बल्र्ड स्कूल र रोटरी क्लब इन्टरनेशनलको सहयोगमा अभियान सञ्चालन गरिएको बताइएको छ । आगामी दिनमा प्रदेशका एक हजार दुई शय सामुदायिक विद्यालय डिजिटल साक्षरता अभियानमा आबद्ध गरिने भएको छ ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुरुप ‘डिजिटल प्रदेश’को सपनालाई अभियानले साकार पारेको बताउनुभयो।

सूचना प्रविधिको शिक्षाबाट मुलुकमा दक्ष जनशक्ति उत्पादन भई विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्षम हुनुका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराले सार्थकता पाउने धारणा व्यक्त गर्दै मुख्यमन्त्री राईले नेपालमा पहिलो पटक प्रदेश नं १ सरकारले शुरु गरेको अभियानले अन्य प्रदेशलाई समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रदेशलाई सूचना प्रविधिको केन्द्र वनाउने अभियानलाई सहयोग पुर्‍याउन आह्वान गर्दै स्वदेशमा नै विदेशी स्तरीय पाठ्यक्रमको अध्ययन गर्ने सुविधाले विदेशी मुद्राको बचत हुने समेत बताउनुभयो।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी १० वर्षभित्र प्रदेशका सबै विद्यालयमा झोला र किताब विस्थापित गर्ने उल्लेख गर्दै सबै विद्यालयमा ई–शिक्षा सफल बनाउन सबैको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो।

सांसद अमनलाल मोदी, सामाजिक विकास समितिका सभापति सरिता खड्का र विद्यालयका प्रधानाध्यापक भिमबहादुर बस्नेत लगायतले नयाँ सोँचले प्रदेशलाई ‘प्रविधि मैत्री’ बनाउन सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो।

सोही अवसरमा शैक्षिक वर्ष २०७५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रदेशका प्रत्येक जिल्लाका एक/एक गरी १४ सामुदायिक विद्यालय, १४ सामुदायिक सिकाइ केन्द्र र १४ संस्थागत विद्यालयलाई नगद सहित सम्मान गरिएको थियो ।

सो अवसरमा सामुदायिक विद्यालय र सिकाइ केन्द्रलाई रु दुई लाख र संस्थागत विद्यालयलाई रु एक लाख प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: