Wednesday, July 8, 2020
Home > कला > लिम्बू भाषामा निर्मित चलचित्र “थेत्लङ्” को प्रीमियर सिक्किममा हुने

लिम्बू भाषामा निर्मित चलचित्र “थेत्लङ्” को प्रीमियर सिक्किममा हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ असोज । ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’को २१ सेप्टेम्बरमा सिक्किम स्थीत मानान केन्द्रमा पहिलो प्रीमियर हुने भएको छ । सिक्किममा निर्मित लिम्बू भाषाको पहिलो फिचर फिल्म थेत्लङ्, लिम्बू उपन्यास थेत्लङ मा आधारित भएको बताईएको छ ।

किशोर सुब्बाद्धारा निर्देशित चलचित्रमा विशाल सेनेहाङ र दिव्य लिम्बू मुख्य भूमिकामा छन् । संकिता सुब्बा, मुन्ना सुब्बा र सिक्किमका अन्य कलाकारहरूले भूमिका रहेकोे यस चलचित्रमा अङ्ग्रेजीमा सवटाइटल समेत राखिएको छ भने चारवटा गीतहरू समाबेश गरिएका छन् ।

चलचित्र बारे निर्माता मणि ताम्लिङले सिक्किमबाट लिम्बू उपन्यासमा आधारित यो पहिलो लिम्बू फिचर फिल्म भएको उल्लेख गर्दै २ घण्टा लामो फिचर फिल्मले भाषा, संस्कृति, लिम्बू समुदायको परम्पराको प्रदर्शन गर्न र सिक्किमको सुन्दर पर्यटकिय स्थानहरूलाई बढावा दिन सबैभन्दा राम्रो प्रयास गरेको जानकारी दिनुभएको छ।

“हामीले सबै आवश्यक सारहरू राखेर राम्रो फीचर फिल्म निर्माण गर्न सक्दो प्रयास गरेका छौं । त्यसैले हामी धेरै सकारात्मक र आशावादी छौं कि दर्शकहरुले फिल्म मन पराउनेछन्।” फिल्मका सम्बन्धमा आफ्नो अपेक्षा राख्दै ताम्लिङले निकट भविष्यमा काठमाडौं, युके तथा हङकङमा समेत प्रदर्शन गर्ने योजना रहेको जानकारी गराउनुभयो।

मुख्य कलाकार दिव्य लिम्बूले फिचर फिल्ममा आफ्नो डेब्यू प्रति खुशी व्यक्त गर्दै सम्पूर्ण यात्रा विज्ञ र वरिष्ठ कलाकारहरूको अगुवाईमा सिक्ने अवसर प्राप्त भएको बताउनुभएको छ । “यो फिल्ममा काम गर्नु सिक्ने अवसर थियो र यसले मेरो आत्मविश्वास र मनोबललाई पनि बढावा दिईरहेछ जसले मलाई आगामी परियोजनाहरूमा अझ राम्रोसँग काम गर्न मद्दत गर्नेछ ।” उहाँको कथन थियो ।

चलचित्र प्रदर्शनको अवसरमा नेपालबाट सबै कलाकार तथा शुभेच्छुक तथा सञ्चारकर्मिहरुको सहभागीता रहने बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *