Friday, May 29, 2020
Home > गजल > गजल

गजल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रोशन `हतुवाली´ राई

तिम्रा लागि सुरुवातमा, सुन कै हारमा थिएँ
भो परिचय नसोध तिमी, म दोधारमा थिएँ ।

जिन्दगीले यतिसम्म प्रहार गर्‍यो मलाई
हिजो साधुलाई पूजा गर्ने, बजारमा थिएँ ।

कसो सम्झाऊँ तिमीलाई आगन्तुक बनेर
धेरथोर बोल्नेहरूको, शनिबारमा थिएँ ।

न त माया दियौ, न त साथ दियौ तिमीले
अनि त म पिउनेहरूको, दरबारमा थिएँ ।

तिमीबाट टाढिएको हुँदै होइन प्रीय
धर्ती-आकाश साक्षी छन्, म हतारमा थिएँ ।

हतुवागढी – ५, भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *