Home > खेलकुद > १३ औँ दक्षिण एशियाली खेलकुदको ब्याड्मिन्टनमा भोजपुरका चार खेलाडी छनौट

१३ औँ दक्षिण एशियाली खेलकुदको ब्याड्मिन्टनमा भोजपुरका चार खेलाडी छनौट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भोजपुर, १७ असोज

भोजपुरका व्याडमिण्टन खेलाडी सिता राई, विकास श्रेष्ठ रत्नजित तामाङ्ग र नङ्सलदेवी तामाङ्ग दक्षिण एशियाली खेलकुद (साग) को लागि छनौट भएका छन् । बुधवार सम्पन्न अन्तीम छनौटवाट उनिहरुले १३ औं साग खेल्ने पक्का भएको हो ।

गत बुधवार सम्पन्न छनौटमा राईले प्रतिष्पर्धि १० जना मध्ये आफु भन्दा माथिल्लो र्‍याङ्कमा रहेका ७ जनालाई पराजित गर्दै सागका लागि छनौट हुन सफल भएकी हुन् । श्रेष्ठ भने राष्टिय प्रतियोगिताको आधारमा यस अघि नै छनौट भईसकेका थिए भने तामाङ्गद्धयले नेपाली सेनाको बिभागिय टोलि त्रिभुवन आर्मी क्लवको तर्फबाट छनौट चरण पार गरेका हुन्। त्यसैगरि पुरुषतर्फ श्रेष्ठ र तामाङ्ग संगै दीपेश धामी, प्रिन्स दाहाल, नवीन श्रेष्ठ, प्रफुल महर्जन, सुनील जोशी, विष्णु कटुवाल, जीवन आचार्य र साजनकृष्ण ताम्रकार छनोट भएका छन्भोजपुर, १७ असोज।। महिलातर्फ राई र तामाङ्ग संगै रसिला महर्जन, जेसिका गुरुङ, सीमा राजवंशी, पूजा श्रेष्ठ, अनुमाया राई, अमिता गिरी, नीता लम्साल, र शोभा गौचन पनि छनौट भएकाछन्भोजपुर, १७ असोज।। प्रतियोगिता मंसिर १५ वाट पोखरामा शुरु हुनेछ ।

१३औं साफ गेममा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स, मिक्स डबल्स, पुरुष टिम र महिला टिम गरी ब्याड्मिन्टनका ७ विधा समावेश छन् । प्रतियोगिताका लागि छनौट भएका खेलाडिले २३ असोजबाट पोखरामा बन्द प्रशिक्षण थालिने बताईएको छ।

२०७६ साल मंसिर १५ देखि २४ गते (डिसेम्बर १ देखि १०) सम्म काठमाडौ र पोखरा गरि दुई ठाउँमा संचालन गरिने दक्षिण एशियाली खेलकुदमा सार्क राष्ट्रहरु सहभागी हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: