Friday, November 22, 2019
Home > समसामयिक > चीन र नेपालबीचको पुस्तौपुस्ता मित्रताको लागि चिनियाँ राष्ट्रपतिको चियर्स : नौ वटा परियोजनाको घोषणा

चीन र नेपालबीचको पुस्तौपुस्ता मित्रताको लागि चिनियाँ राष्ट्रपतिको चियर्स : नौ वटा परियोजनाको घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २६ असोज । विश्व महाशक्तिको केन्द्र बन्दै गईरहेको जनबादी गणतन्त्र चीनका राष्ट्रपती सि जिनपिङ् असोज २५ गते शनिबार नेपाल भ्रमणका लागि काठमाडौ आईपुग्नुभएको छ। २३ बर्षपछी भएको चिनियाँ राष्ट्रपतिको यो भ्रमण धेरै हिसाबले अर्थपुर्ण रुपमा हेरिएको छ। दक्षिण एशियाली मुलुकहरु मध्ये छैठौँ मुलुकका रुपमा नेपाल भ्रमणमा आउनुभएका राष्ट्रपति सि को स्वागतार्थ शनिबार साँझ सोल्टी होटलमा आयोजित राजकीय रात्रि भोजका अवसरमा उहाँले पानी राखिएको काँचको ग्लास दाहिने हातले उठाउँदै कार्यक्रमस्थलमा उपस्थित सबैलाई नेपालको समृद्धि र जनताको सुखी जीवनका लागि टोस्ट प्रस्ताव गर्नुभयो, ‘चीन र नेपालबीचको पुस्तौपुस्ता मित्रताका लागि, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत यहाँ उपस्थित हुनुभएका सबैका सुस्वास्थ्यका लागि चियर्स ! ‘

कार्यक्रम स्थलमा उपस्थित सबैलाई सम्बोधन गर्दै सिले नेपाल र चीन बिच आपसी सद्भाव र मित्रता बाहेक अरु केही नभएकोमा जोड दिनुभयो। सो अवसरमा राष्ट्रपति सि ले नेपालका लागि निम्नानुसारका परियोजनाहरु घोषणा गर्नुभयो।

१. चीन नेपाल सिमापार रेलमार्गको सम्भाब्यता अध्ययन
२. अरनिको राजमार्गलाई संचालनमा ल्याई विभिन्न चरणमा स्तरोन्नती गर्ने
३. केरुङ्ग-काठमाडौ सुरुङ्गमार्गको काम अघि बढाउन सक्रीय हुने
४. बढी भन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक संचार सञ्जालको निर्माण
५. भु-परिबेष्ठित नेपाललाई भु-जडित देश बनाउन मद्दत गर्ने
६. भु-कम्प पछिको पुननिर्माणलाई अगाडि बढाउने
७. सन् २०२० को नेपाल भ्रमण बर्षमा बढी भन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने
८. शैक्षिक तथा साँस्कृतिक सहकार्यहरुमा चिनियाँ लगानी बढाउँदै दुई देशका जनता बिचको आपसी समझदारिलाई बढाउने
९. दुई देशका बढी भन्दा बढी शहरहरु बिच भगिनी सम्बन्ध कायम गरि दुई देश बिचको मित्रतालाई अझ प्रगाढ बनाउने

चीन बिश्वमा सबैभन्दा धेरै बौद्ध धर्मावलम्बिहरुको मुलुक भएको उल्लेख गर्दै राष्ट्रपति सि ले आगामी दिनमा धर्म आदान प्रदानका लागि समेत बुद्धको जन्मभुमी लुम्बिनिमा चिनियाँ नागरिकहरु अझ धेरै आउने बिश्वास दिलाउनुभयो।

बर्तमान अवस्था प्रभुत्वबाद धेरै ब्याप्त भएको भन्दै अब बहुलबाद र आर्थिक भुमण्डलिकरणलाई समर्थन गर्नुपर्नेमा जोड दिनुभएका सि ले जलबायू परिबर्तन प्रतिको नेपाली चिन्तालाई चिनियाँ पक्षले राम्ररी बुझेको उल्लेख गर्दै जलबायू परिबर्तन सम्बन्धी बहस र वार्ताहरुमा नेपालले उठाएका उपयुक्त मागहरुको समर्थन गर्ने तथा विशेष गरि हिमालय र सगरमाथाको रक्षाको लागि सदा तत्पर रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

निर्माण गरिएका योजनाहरु पुरा गरेरै छाड्नुपर्ने आफ्नो अडानले चीन अघि बढिरहेको बताउँदै सि ले अब बन्ने नेपाल चीन बिचका योजनाहरु पनि पूरा गरेरै छाड्नुपर्नेमा जोड दिनुभयो। साथै अहिलेसम्म सोही अनुसार काम गरिरहेको र अगाडि काम गर्ने बाटो स्पष्ट हुनुपर्ने बताउँदै संयुक्त रुपमा नयाँ सम्बन्ध अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

आफ्नै चिनियाँ भाषामा सम्बोधन गर्नुभएका राष्ट्रपति सिको भनाईलाई चिनियाँ दोभासेले नेपालिमा रुपान्तरण गरेकी थिईन्।

तस्विर : रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *