Home > स्थानीय समाचार > हतुवागढिमा बिपत ब्यबस्थापन तालिम सम्पन्न

हतुवागढिमा बिपत ब्यबस्थापन तालिम सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रबिन थापा “बगाले”
हतुवागढी-भोजपुर, ३० असोज।

जिल्ला प्रशासन कार्यालय भोजपुरको आयोजनामा बिपत ब्यबस्थापन सम्बन्धी तालिम आज सगरमाथा मा.वि. घोडेटारको प्राङ्गनमा सम्पन्न भएको छ।

बाढी पहिरो, भुकम्प, आगलागी लगायतका प्राकृतिक तथा मानविय त्रुटिका कारण उत्पन्न हुने विभिन्न आपतकालिन अवस्थालाई सहज र ब्यबस्थित ढंगले सामना गर्नका लागि आवस्यक सीप तथा क्षमता निर्माणका लागि आयोजित सो कार्यक्रममा नेपाली सेना, शसस्त्र प्रहरी तथा नेपाल प्रहरिले नमुना प्रदर्शन (Demo) समेत गरेका थिए।

भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नुरुहरि खतिवडा, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, नेपाल प्रहरी, शसस्त्र प्रहरि, राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला स्थित प्रमुखहरु, हतुवागढी स्थित नेपालि सेनाको फर्स्ट राईफल गणका क्याप्टेन लगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्थानियबासी, विद्यार्थी लगायत ३०० जना भन्दा बढिको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बिपतको समयमा सुरक्षित रहनेहरु सबैले सावधानी पुर्वक आ-आफ्नो ठाउँबाट उद्दार तथा सहायताका लागि तयार रहनुपर्ने कुरा उल्लेख गर्नुभयो भने सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खतिवडाले बिपत ब्यबस्थापन सम्बन्धी सैद्धान्तिक जानकारिहरु प्रदान गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: