Friday, November 22, 2019
Home > स्थानीय समाचार > हतुवागढी गाउँपालिकामा २५ कर्मचारीका लागि आबेदन खुल्यो (सुची सहित)

हतुवागढी गाउँपालिकामा २५ कर्मचारीका लागि आबेदन खुल्यो (सुची सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, भोजपुर।

१ कार्तिक। हतुवागढी गाउँकार्यपालिकाको कार्यालयले विभिन्न पदका लागि करार सेवामा नियुक्त गर्ने गरि कर्मचारी आपुर्ती गर्ने तयारी गरेको छ।

कार्तिक १ गते १५ दिनको दरखास्त म्याद राखी प्रकाशित सुचना अनुसार निम्न बमोजिम जम्मा २५ जना कर्मचारिको माग गरिएको छ।

१. कानुन अधिकृत
तह : ६
आवस्यक संख्या : १ जना
आवस्यक योग्यता : मान्यता प्राप्त शैक्षिक संस्थाबाट कानुनमा स्नातक उतिर्ण

२. हेल्थ असिस्टेन्ट
तह : ५
आवस्यक संख्या : २ जना
आवस्यक योग्यता : मान्यता प्राप्त शैक्षिक संस्थाबाट हेल्थ असिस्टेन्ट कोर्स उतिर्ण गरि सम्बन्धित काउन्सिलमा दर्ता भएको

३. ल्याब असिस्टेन्ट
तह : ४
आवस्यक संख्या : १ जना
आवस्यक योग्यता : मान्यता प्राप्त शैक्षिक संस्थाबाट ल्याब असिस्टेन्ट कोर्स उतिर्ण गरि सम्बन्धित काउन्सिलमा दर्ता भएको।

४. अ. हे. व.
तह : ४
आवस्यक संख्या : ९ जना
आवस्यक योग्यता : मान्यता प्राप्त शैक्षिक संस्थाबाट अ. हे. व. कोर्स उतिर्ण गरि सम्बन्धित काउन्सिलमा दर्ता भएको।

५. अ. न. मि.
तह : ४
आवस्यक संख्या : २ जना
आवस्यक योग्यता : मान्यता प्राप्त शैक्षिक संस्थाबाट अ. न. मि. कोर्स उतिर्ण गरि सम्बन्धित काउन्सिलमा दर्ता भएको।

६. Back Hoe Loader (जेसिबी) अपरेटर
तह : श्रेणी बिहिन
आवस्यक संख्या : १ जना
आवस्यक योग्यता : साधारण लेखपढ गर्न जान्ने, Back Hoe Loader चालक अनुमतिपत्र लिएको।

७. Back Hoe Loader अपरेटर सहायक
तह : श्रेणी बिहिन
आवस्यक संख्या : १ जना
आवस्यक योग्यता : साधारण लेखपढ

८. कार्यालय सहायक
तह : श्रेणी बिहिन
आवस्यक संख्या : ३ जना
आवस्यक योग्यता : साधारण लेखपढ

९. मनोसामाजिक परामर्शकर्ता
आवस्यक संख्या : १ जना
आवस्यक योग्यता : प्रमाणपत्र तह वा १०+२ उतिर्ण गरि मनोसामाजिक परामर्श कार्यमा २ बर्षको कार्य अनुभव वा सो सम्बन्धी आधारभुत तालिम लिएको।

१०. बित्तिय साक्षरता सहजकर्ता
आवस्यक संख्या : १ जना
आवस्यक योग्यता : प्रमाणपत्र तहा वा १०+२ उतिर्ण गरि प्रौढ शिक्षा, बित्तिय संस्था, सहकारी उद्यमशिलता बिकास तथा सामाजिक परिचालनको क्षेत्रमा कम्तिमा २ बर्षको कार्यानुभव भएको।

११. रिटर्नी स्वयंसेवक
आवस्यक संख्या : ३ जना
आवस्यक योग्यता : कक्षा८ उतिर्ण गरि बैदेशिक रोजगार (खाडी मुलुक र मलेशिया) मा गई कम्तिमा एक बर्ष वा सो भन्दा बढी काम गरेको अनुभव भएको।

उल्लेखित कर्मचारिहरु मध्ये मनोसामाजिक परामर्शकर्ता, बित्तिय साक्षरता सहजकर्ता र रिटर्नी स्वयंसेवकहरु सुरक्षित आप्रबासन परियोजना अन्तर्गत रहनेछन भने अन्य कर्मचारिहरु गाउँपालिका अन्तर्गत रहनेछन्। समयसिमा भित्र आएका आबेदनहरु मध्ये छोटो सुचिमा छनौट गरि कानुन अधिकृत, मनोसामाजिक परामर्शकर्ता, बित्तिय साक्षरता सहजकर्ता र रिटर्नी स्वयंसेवकहरुको अन्तिम छनौट लिखित परीक्षा, सिप परीक्षा तथा अन्तर्वार्ता मार्फत गरिनेछ भने अन्यको छनौट छोटो सुचिबाट सीप परिक्षण र अन्तर्वार्ता मार्फत गरिनेछ।

हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडाद्धारा हस्ताक्षरित सुचना अनुसार तोकिएको समयसिमाभित्र योग्यता पुगेका ईच्छुक ३५ बर्ष उमेर ननाघेका पुरुष तथा ४० बर्ष उमेर ननाघेका महिला उम्मेदवारहरुले कार्यालयको प्रशासन शाखामा रित पुर्वक दरखास्त पेश गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *