Friday, November 22, 2019
Home > कला > द भोईस अफ नेपालको ब्याटल राउन्ड सकियो : अब टप १२ को छनौट हुने

द भोईस अफ नेपालको ब्याटल राउन्ड सकियो : अब टप १२ को छनौट हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

३ कार्तिक। काठमाडौ

International Singing Francis Show द भोईसको नेपाल संस्करण द भोईस अफ नेपालको दोस्रो सिजन चलिरहेको छ। हिमालयन टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार साँझ आठ बजेदेखी प्रसारण हुने यो रियालिटी शोको ब्याटल राउन्ड हिजो शनिवार साँझको प्रसारणपछी सकिएको छ।

यस अघि ब्लाईन्ड अडिशनबाट चार जना कोचहरुले आ-आफ्ना १६ प्रतिस्पर्धिहरु छनौट गरेपछी शुरु भएको यो राउन्डबाट प्रत्येक कोचले आफ्नो समुहबाट ८ प्रतिस्पर्धी र अन्य कोचले छाडेको १ जना प्रतिस्पर्धी (स्टिल गरि) छानी ९/९ जना प्रतिस्पर्धिहरुको समूह निर्माण गरेका छन्।
जस अनुसार निम्नानुसारको समूह तयार भएको छ।

दीप श्रेष्ठ
१. बिकास लिम्बू
२. डम्बर हिङ्माङ्ग
३. सुमन परियार
४. पृथ्विन्द्र खनाल
५. अंकित बस्नेत
६. निर्मला घिसिङ्ग
७. कबिराज हुमागाइँ
८. रजनी रिदम राई
९. संजय महत (स्टिल : टिम राजु बाट)

प्रमोद खरेल
१. सुशान्त गौतम
२. साईकिरण लम्साल
३. विशाल राई
४. बलबहादुर राजबंशी
५. बिमोचना लम्जेल
६. राम लिम्बू (स्टिल : टिम दीप बाट)
७. मधु लामा
८. सौगात राई
९. मेचु धिमाल

राजु लामा
१. बिजय राई
२. करण दोङ्
३. गिता शर्मा
४. बैशाली लामा
५. सनिस श्रेष्ठ
६. अञ्जु राना मगर
७. कुमार गुरुङ्ग
८. रेवन लामा
९. आकांक्षा थापा (स्टिल : टिम दीप बाट)

आस्था राउत
१. ऋता राई
२. याङ्की ह्योल्मो
३. नबिना जोशी
४. जमुना राई
५. राजिब सुनार
६. आरिफ राउत
७. राहुल-कुमा (कुमा सागर र राहुल बिश्वकर्मा)
८. श्रृंखला जोशी
९. सशिका सुनुवार राई (स्टिल : टिम राजु बाट)

द भोईसको प्रारुप अनुसार ब्याटल राउन्डमा यदि चारै जना कोचहरुको स्वीकृति रहन्छ र कुनै एक ब्याटल जोडिहरु संगै अघिल्लो चरणमा प्रबेश गर्न चाहन्छन् भने बाँकी प्रतिस्पर्धाहरु एउटै प्रतियोगिका रुपमा अघि बढ्न पाईने प्रावधान छ, जसलाई Duo भनिन्छ। सोही अनुसार यो सिजनमा यो प्रावधानको प्रयोग गरिएको छ। प्रमोद खरेलको टिमबाट सहभागी साजन लामा र मधु लामालाई चार जनै कोचहरुले सहमती दिए पनि प्रतिस्पर्धिहरु मध्ये मधु लामाले स्विकार नगरेकोले यो प्रावधान लागू भएन। तर आस्था राउतको समुहबाट प्रतिस्पर्धा गर्ने कुमा सागर र राहुल बिश्वकर्माले यो अवसरलाई प्रयोग गरेका छन्। अब उप्रान्त दुबै प्रतिस्पर्धिले आगामी चरणमा कुमा-राहुल को नामले संयुक्त प्रतिस्पर्धा गर्नुपर्नेछ।

ब्याटल राउन्ड पछि आगामी अंकबाट नक आउट चरण प्रारम्भ हुनेछ। प्रत्येक समुहका ९ जना प्रतिस्पर्धिहरुलाई ३/३ जनाको दरले ३ समुहमा बिभाजन गरिनेछ र हरेक समुहका प्रतिस्पर्धिहरुको प्रस्तुतिका आधारमा प्रत्येक ३ जनाबाट कोचहरुले १ जनालाई अगामी चरणका लागि छनौट गर्नुपर्नेछ। उक्त चरणका लागि प्रत्येक कोचहरुसंग ३/३ जना प्रतिस्पर्धी बाँकी रहनेछन्। त्यसपछी भने पब्लिक भोटिङ्गको क्रम शुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *