Wednesday, July 8, 2020
Home > प्रबास > २०० जना इतर कविहरुको कविता संग्रह आउँदै : आगामी सलनालमा सार्वजानिक गरिने

२०० जना इतर कविहरुको कविता संग्रह आउँदै : आगामी सलनालमा सार्वजानिक गरिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

८ कार्तिक, दक्षिण कोरिया

इतर आवाज साहित्य समाज,दक्षिण कोरियाले कोरियन नयाँ बर्ष सलनालमा विषेश साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

कोरियाको राजधानी सउलमा हुने साहित्यिक कार्यक्रममा विश्वभरका आदिवासी सौन्दर्यमा आधारित पहिचानवादी कविहरूबाट संकलित संयुक्त कविता संग्रहको लोकार्पण गरिने भएको छ । सयुक्त संग्रहमा २०० भन्दा बढी कविहरूको कविताहरु रहने छन्। पुस्तकको तैयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी गराएको छ।
“विश्वभर छरिएर रहेका आदिवासी सौन्दर्यमा आधारीत पहिचानमा कलम चलाई रहनुहुने कविहरूको एउटै पुस्तकभित्र कविता समावेश गरिएकाे छ। संभवत यो पुस्तक नेपालको सबैभन्दा ठूलो संयुक्त कविता संग्रह बन्न सक्नेछ। ” इतर आवाज साहित्य समाजका शिर्षविन्दु कवि पराजित पोमूको कथन छ।

पछिल्लो समय साहित्यमा विभिन्न आयामहरुको प्रयोग गर्ने प्रचलन बढ्दो क्रममा छ। ५०-६० को दशकमा शुरु भएको सृजनशिल अराजकता अभियानपछी र विशेष गरि २०६२/६३ सालको आन्दोलनपछी उठेका पहिचान, समाबेशिता जस्ता तत्कालिन नवीन चिन्तनहरुसंगै तिनलाई साहित्यमा प्रयोग गर्ने `ट्रेन्ड´ चल्यो। सोही सिलसिलामा सुरुवात गरिएको पछिल्लो प्रयोग हो इतर आवाज र सो आवाजलाई मुर्त रुप दिने काम गरिरहेको छ इतर आवाज साहित्य समाज दक्षिण कोरियाले। इतर आवाजले विशेष गरि आदिबासी जनजातिहरुको सभ्यता, पहिचान र संस्कृतिमा आधारित सौन्दर्यहरुलाई साहित्यिक लेखनमा प्रयोग गरिनुपर्ने तर्क प्रस्तुत गर्ने गर्दछ, जुन सौन्दर्यहरु सदियौँदेखी एकल पहिचान र सौन्दर्यचेतले दुर्लभ बनाईदिएको छ।

सो अवसरमा आयोजित बृहत साहित्यिक कार्यक्रमको लागि नेपालबाट दुइजना श्रष्टा (कवि) हरुलाई निमन्त्रणा गर्ने तयारीमा आयोजक जुटेको छ। दक्षिण कोरियामा साहित्यिक गतिबिधिका लागि निक्कै नै सक्रिय यस संस्थाले विबिध साहित्यिक कार्यक्रमहरु साथै स्रष्टाहरुलाई सम्मान गर्दै आईरहेको छ भने गतवर्ष कवि उपेन्द्र सुब्बाको साथमा कविता कन्सर्टको आयोजना समेत गरेको थियो।

चन्द्र पात्रो (Lunar Calender) अनुसार मनाईने कोरियन तथा चाईनिज नयाँ बर्ष अर्थात सलनाल आगामी जनवरी २४, २५ र २६ का दिन पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *