Thursday, February 20, 2020
Home > स्थानीय समाचार > नेकपा हतुवागढिले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

नेकपा हतुवागढिले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

८ कार्तिक, हतुवागढी।

नेपाल कम्युनिस्ट पार्टी हतुवागढी गाउँपालिका संगठन कमिटिले २०७६ सालको बडादशैँ, तिहार, छैठ, नेपाल सम्बत, उद्यौली तथा ल्होसारको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ।

यहि कार्तिक ९ गते नेकपाका नेता तथा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई तथा नेकपा भोजपुरका अध्यक्ष प्रेमकुमार राईको उपस्थितिमा आयोजना गरिने सो कार्यक्रम सगरमाथा उच्च मा. वि. घोडेटारको प्राङ्गनमा बिहान ११ बजेदेखी २ बजेसम्म संचालन गरिने बताईएको छ। नेकपा हतुवागढिका अध्यक्ष मुक्ती राईद्धारा प्रकाशित सुचना अनुसार जनप्रतिनिधी, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक तथा हतुवागढीबासिहरुलाई कार्यक्रममा उपस्थितिका लागि आमन्त्रण गरिएको छ।

स्मरणीय छ, हतुवागढी गाउँपालिका मुख्यमन्त्री राईको निर्वाचन क्षेत्र हो भने सगरमाथा उच्च मा.वि. उहाँले २०४३ सालमा एस. एल. सि. उतिर्ण गर्नुभएको बिद्यालय हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *