Friday, November 22, 2019
Home > स्थानीय समाचार > हतुवागढी नेकपाको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न : अध्यक्ष राईको नौँ बुँदे प्रस्ताव

हतुवागढी नेकपाको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न : अध्यक्ष राईको नौँ बुँदे प्रस्ताव

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१० कार्तिक, हतुवागढी।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) हतुवागढी गाउँपालिका संगठन कमिटीले २०७६ सालकाेे नेपालीहरुकाे चाडपर्वहरु विजया दशमी, दीपावाली, छठ, उँधाैली पर्व, नेपाल सम्वत, ल्हाेसारकाे अवसरमा शुभकामना अादानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

हतुवागढी गाउँपालिकाको केन्द्र घाेडेटार स्थित सगरमाथा मा. वि. काे प्राङ्गणमा प्रदेश नं १ का मुख्यमन्त्री तथा नेकपा प्रदेश कमिटीका सह-इन्चार्ज शेरधन राईकाे प्रमुख अातिथ्यतामा हिँजो सम्पन्न कार्यक्रममा नेकपा भोजपुरका अध्यक्ष तथा हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, प्रतिनिधि सभाका भुतपुर्व सांसद धनहर्क राई नेकपा हतुवागढि ईन्चार्ज सुनिता किराँती, अध्यक्ष मुक्ती राई, सचिव ईन्द्र थापा लगायत स्थानिय तहका सम्पुर्ण जनप्रतिनिधिहरु, स्थानियबासिहरुको व्यापक सहभागिता रह्यो।

कार्यक्रममा अवसरमा नेकपा भोजपुरका अध्यक्ष तथा हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले हतुवागढीकाे सराेकार र अावश्यकतालाई सार रुपमा निम्नानुसार प्रस्तुत/प्रस्ताव गर्नुभएको थियो।

१) सडक र पुल :-
चतराघाट – चुवार पुल – घाेडेटार -भाेजपुर – दिंला – संखुवासभा – किमाथांका जाेड्ने सडक

धनकुटा हिले – पाख्रिवास मुगा – सुनवालुवा पुल – घाेडेटार – बयाङ्ग – चिसापानी – खाेटाङबजार – हलेसी-जयरामघाट – घुर्मी – खुर्काेट – काठमाडौं सडक

मचुवाटार – अखुवाटार पुल – सफाईटार – – तमाेर पुल – चाँदिबजार – विष्णुपादुका-धरान सडक

२) सबै वडाहरुमा विद्युत विस्तार गरिनुपर्ने

३) शिक्षाको सुधार, गुणस्तरकाे विकासका लागि ई-लाइ्ब्रेरी र ई-लर्निङमा जाेड, क्याम्पस तथा प्राविधिक शिक्षालय वा प्राविधिक धारको अध्यापन गराउने ब्यबस्था र सार्वजनिक पुस्तकालय स्थापना गरिनुपर्ने

४) प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति र पूर्वाधारको ब्यबस्था गरिनुपर्ने

५) कृषिमा व्यबसायिकरण र अाधुनिकरण गर्न कागती क्षेत्र विकास गर्दै सुन्तला, किवि, लिचि, एभाेकार्डाे, अाँप, केरा, अदुवा, कफि लगायतका नगदे कृषिमा अावश्यकतानुसार विभिन्न नितिगत ब्यबस्था गरिनुपर्ने

६) खानेपानी
हतुवागढी-१, २ र ५, ६ काे लागि कावा र पिखुवा खाेलामा निर्माणाधिन लिफ्ट सिस्टमलाई निरन्तरता र यथासिघ्र सम्पन्न गर्न आवस्यकता अनुसार स्रोत साधनको ब्यवस्थापन गरिनुपर्ने

७) पर्यटनका लागि हतुवागढी दरबार क्षेत्रकाे संरक्षण, सम्बर्द्धन गर्दै नेपाली सेनाको उपयुक्त ब्यबस्थापन सहित पालिका भरिका सांस्कृतिक, धार्मिक र प्राकृतिक दर्शनीय स्थानहरुकाे समुचित संरक्षण र विकास गरिनुपर्ने

८) खेलकुदका लागि घाेडेटार बजार नजिक स्तरीय खेलमैदान र सबै वडाहरुमा विद्यालय नजिक उपयुक्त खेलमैदान निर्माण गरिनुपर्ने

९) विकासलाई सरल बनाउन एकीकृत बस्ती निर्माणको नमुना प्रारम्भ गरिनुपर्ने

अध्यक्ष राईको प्रस्ताव पछि मुख्यमन्त्री शेरधन राईले प्रदेशमा परेकाे बजेटबाट चुवार – घाेडेटार – भाेजपुर सडकको छिटै डिपिअार निर्माणका लागि प्राविधिक खटाउने, पुलहरु निर्माणको काम शुरु गराउने, चालू अार्थिक बर्ष र अागामी अार्थिक बर्षभित्र सबै घरधुरिमा विद्युत सेवा पुर्‍याउने कुरामा प्रतिबद्धता ब्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *