Friday, May 29, 2020
Home > गजल > गजल

गजल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राज हाङ्खिम

अभागी मान्छेको, निधार यस्तै हुनेरहेछ
परदेशमा न दसैं न, तिहार यस्तै हुनेरहेछ

यतिखेर मेरो परिवारमा के गर्दैछन् कुन्नी
यहाँ आउने सबको, बिचार यस्तै हुनेरहेछ

घरबाट टाढियौँ यहिँ पैसा कै लागि
बाँचुन्जेल मजदुर सबको, व्यापार यस्तै हुनेरहेछ

जबसम्म मालिक र माकुरो हुन्छ संसारमा
भुराको मात्र सधै, सिकार यस्तै हुनेरहेछ

अर्को साल सम्झेर रमाइलो गरौँला साथी
मादलसँगै बजाउ, गितार यस्तै हुनेरहेछ

हतुवागढी – ६, भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *