Friday, November 22, 2019
Home > कला > भोईस अफ नेपालको नकआउट चरण सकियो : बैशाली लामासंग राजेशपायलले युगल गित गाउने

भोईस अफ नेपालको नकआउट चरण सकियो : बैशाली लामासंग राजेशपायलले युगल गित गाउने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ/कार्तिक १७

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार साँझ ८ बजे प्रसारण भईरहेको भोईस अफ नेपाल दोस्रो सिजनको नकआउट चरण हिजो शनिबारबाट सकिएको छ।

अघिल्लो हप्ताको शुक्रबारबाट शुरु भएको यो चरण कोच दीप श्रेष्ठको टिमबाट शुरु गरिएको थियो। शनिबार कोच आस्था राउतको टिम छनौट गरिएको थियो भने यो हप्ताको शुक्रबार कोच प्रमोद खरेलको टिम र शनिबार कोच राजु लामाको टिम छनौट गरिएको थियो।

ब्याटल राउण्ड्बाट प्रत्येक कोचहरुको ९/९ जनाको टिम तयार भएको थियो भने नकआउट चरणबाट प्रत्येक टिमका ६/६ प्रतियोगी बाहिरिँदै ३/३ जना प्रतियोगि बाँकी रहेका छन्। अब बाँकी रहेका १२ जना प्रतियोगिहरु लाईभ राउण्ड्मा प्रबेश गरेका छन्। यो चरणमा भने छनौटको सम्पुर्ण अधिकार दर्शकलाई दिईनेछ। अर्थात दर्शकहरुले विभिन्न भोटिङ्ग माध्यमबाट आफ्नो मन पर्ने प्रतियोगिलाई भोट गरेर अघिल्लो चरणमा प्रबेश गर्न मद्दत गर्न सक्नेछन्। यो क्रम आगामी हप्ताको शुक्रबारबाट शुरु हुनेछ।

आगामी चरणका लागि छनौट भएका प्रतियोगिहरु :

टिम दीप : दीप श्रेष्ठ
१. रजनी रिदम राई
२. सञ्जय महत
३. बिकास लिम्बु

टिम प्रमोद : प्रमोद खरेल
१. बलबहादुर राजबंशी
२. राम लिम्बू
३. मेचु धिमाल

टिम राजु : राजु लामा
१. गिता शर्मा
२. अञ्जु राना मगर
३. सनिस श्रेष्ठ

टिम आस्था : आस्था राउत
१. याङ्की ह्योल्मो
२. ससिका सुनुवार राई
३. आरिफ रौफ

नक आउट चरणको छनौट गर्दा टिम कोचहरुलाई समेत निक्कै सकस परेको देख्न सकिन्थ्यो भने निक्कै उत्कृष्ट गायनकला भएका प्रतियोगिहरु समेत कार्यक्रमको सिमितताका कारण बाहिरिनुपरेको थियो। यो चरणको अन्तिम एपिसोडमा राखिएको राजु लामाको नकआउट प्रतियोगिता अन्तर्गत प्रतिस्पर्धा गराईएका दार्जिलिङ्गका तीन जना प्रतिस्पर्धिहरु गिता शर्मा, बैशाली लामा र आकांक्षा थापा मध्ये गिता शर्मा अघिल्लो चरण प्रबेश गर्दा बाँकी दुई प्रतियोगिहरु बाहिरिनुपर्‍यो। तर कार्यक्रमकै कोचहरु मध्ये दीप श्रेष्ठले बाहिरिन लागेका लामा र थापा दुबैसंग एक एक वटा युगल गित गाउने घोषणा गर्दा कार्यक्रम हलमा उत्साह थपिएको थियो।

उता युरोपको संगितिक टुरमा रहेका गायक राजेशपायल राईले समेत नेपाल फर्किएपछी बैशाली लामासंग युगल गित गाउने घोषणा गरेका छन्। आफ्नो आधिकारिक फेसबूक पेजमार्फत गायक राईले लेखेका छन्, “TVON …..आज हेर्ने मौका मिल्यो। म नेपाल चाँडै आउँदैछु। उनिसंग अवसर मिले युगल गित शेयर गर्नेछु।”

स्मरणीय छ, बैशाली लामा दुई बर्ष अगाडि सम्पन्न भोईस अफ ईन्डिया सिजन – २ को ब्याटल राउन्डसम्म पुग्न सफल भएकी थिईन। सो राउन्डमा पारस जेट्लिसंग उनलाई प्रतिस्पर्धा गराईएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *