Friday, November 22, 2019
Home > प्रबास > इतर आवाजले सलनालमा इतर कार्यक्रम गर्दै : नेपालबाट तीन श्रष्टा आउने

इतर आवाजले सलनालमा इतर कार्यक्रम गर्दै : नेपालबाट तीन श्रष्टा आउने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१७ कार्तिक । दक्षिण कोरिया

इतर आवाज साहित्य समाज,दक्षिण कोरियाले कोरियन नयाँ बर्ष (सलनाल) जनवरी २६ तारिख सनिवार(माघ १२गते) का दिन विषेश साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

कोरियाको राजधानी सउल स्थित हुने साहित्यिक कार्यक्रममा विश्वभर छरिएर रहेका आदिवासी सौन्दर्यमा आधारित पहिचानवादी नेपाली कविहरूबाट संकलित संयुक्त कविता संग्रह “इतर कविता” समेत लोकार्पण गरिने भएको छ । संयुक्त संग्रहमा इतर कविहरूको कविताहरु रहने छन्। उक्त कविता संग्रहको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी गराएको छ।
“विश्वभर छरिएर रहेका आदिवासी सौन्दर्यमा आधारीत पहिचानमा कलम चलाई रहनुहुने कविहरूको एउटै पुस्तकभित्र कविता समावेश गरिएकाे छ। संभवत यो पुस्तक नेपालको सबैभन्दा ठूलो संयुक्त प्रतिनिधी कविता संग्रह बन्न सक्नेछ। ” इतर आवाज साहित्य समाजका शिर्षविन्दु कवि पराजित पोमूको कथन छ।
पछिल्लो समय साहित्यमा विभिन्न आयाम र चिन्तनहरूको प्रयोग गर्ने प्रचलन बढ्दो क्रममा छ। ५०-६० को दशकमा शुरु भएको सृजनशिल अराजकता, त्यसपछी आएका रङ्गवाद,उत्तरवर्ती सोँच, मुक्त आन्दोलनको अभियानसंगै विशेष गरि २०६२/६३ सालको आन्दोलन पछि उठेका उन्मुक्त पुस्ता, ख्यावियन चिन्तन, फरक अभियानको पहिचान, समाबेशिता जस्ता तत्कालिन नवीन चिन्तनहरुसंगै तिनलाई साहित्यमा प्रयोग गर्ने “ट्रेन्ड” चल्यो । सोही ट्रेन्डलाई खन्डनको खन्डन गर्दै पृथक सोँच, चिन्तनबाट पनि जीवन, जगत हेरिनु पर्छ भन्ने जिकिर राख्दै मुर्त रुप दिने काम गरिरहेको छ इतर आवाज साहित्य समाज दक्षिण कोरियाले। इतर आवाजले विशेष गरि आदिबासी जनजातिहरुको इ-सभ्यता, इ-पहिचान, इ-संस्कृति र इ-मौलिकतामा आधारित इ-सौन्दर्यहरुलाई साहित्यिक लेखनमा प्रयोग गरिनुपर्ने तर्क प्रस्तुत गर्ने गर्दछ, जुन सौन्दर्यहरु सदियौँदेखी एकल पहिचान र सौन्दर्यचेतले दुर्लभ बनाईदिएको छ।

सोही अवसरमा आयोजित बृहत साहित्यिक कार्यक्रमको लागि नेपालबाट तीन जना श्रष्टाहरुलाई समेत आमन्त्रण गरिएको छ। आमन्त्रीत स्रष्टाहरुमा राजन मुकारूङ्ग, स्वप्निल स्मृती, विना थिङ् तामाङ्ग (कवि तथा लेखक) रहनुभएको कुरा आयोजकद्धारा जानकारी गराईएको छ।
दक्षिण कोरियामा साहित्यिक गतिबिधिका लागि निक्कै नै सक्रिय यस संस्थाले विबिध साहित्यिक कार्यक्रमहरु साथै स्रष्टाहरुलाई सम्मान गर्दै आईरहेको छ भने गतवर्ष कवि उपेन्द्र सुब्बाको साथमा कविता कन्सर्टको आयोजना समेत गरेको थियो।

चन्द्र पात्रो (Lunar Calender) अनुसार कोरियन तथा चाईनिज नयाँ बर्ष अर्थात सलनाल आगामी जनवरी २४, २५ २६ र २७ का दिन पर्नेछ।
🎄कोरियामा रहनु हुने सम्पूर्ण नेपालीजनहरूमा कोरियन नयाँ बर्ष सलनालको हार्दिक शुभकामना!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *