Friday, November 22, 2019
Home > कला > हतुवागढी कला, साहित्य तथा साँस्कृतिक प्रतिष्ठानले गर्‍यो च्यारिटी शो

हतुवागढी कला, साहित्य तथा साँस्कृतिक प्रतिष्ठानले गर्‍यो च्यारिटी शो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१९ कार्तिक

हतुवागढी कला, साहित्य तथा सांस्कृतिक प्रतिष्ठानले लेखक डि.बी. राईद्वारा लिखित तथा निर्मित कोही बर्बाद नहोस शिर्षकको बृत्तचित्र गत कार्तिक १५ गते शनिबार एक भव्य कार्यक्रमबिच च्यारिटी प्रदर्शन गरेको छ।

बौद्धिक अपाङ्गता समाजको सहयोगार्थ आयोजना गरिएको करिव एक घण्टा लामो उक्त बृत्तचित्रमा पछिल्लो समय विद्यार्थीहरू र अभिभावकबिचमा देखिएको समस्याहरूलाई देखाउन खोजिएको छ । कुनै पनि सन्तानलाई सत्मार्गमा डोर्‍याउन अभिभावक नै सचेत भएर लाग्नुपर्ने बिषयलाई मार्मिक ढंगले उठाईएको कारण सबैको मन जितेको थियो ।

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको विशेष उपस्थिती तथा साहित्यकार शरणकुमार राईको प्रमुख आतिथ्यतामा उदय सामुदायिक भवन रेल्वे, धरानमा प्रर्दशन सम्पन्न गरिएको उक्त कार्यक्रमका अवसरमा विभिन्न ठाउँका कलाकारहरूले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए । खोटाङ स्टार अम्मर राई , तथा गायक राज बान्तावा, गायिका कला इशारा राई लगायतले कर्णप्रीय गीतहरू प्रस्तुत गरेका थिए भने नृत्यकार सुजना राई लगायतले नृत्यहरू प्रस्तुत गरेका थिए।

सोही अवसरमा कवि तथा लेखकहरूले आफ्नो रचनाहरू प्रस्तुत गरेका थिए । कवि श्रीशीशा राई, अर्जुन राई, रमेश चन्द्र त्यस्तै गजलकारहरु अल्पभाषी निरु राई, अरुण आकाशले आफ्नो रचना वाचन समेत गरेका थिए भने केही दिन अघि प्रदेश नं. १ स्तरीय कविता प्रतियागिता विजेता हतुवागढीका कवि अर्जुन राई अपहेलितलाई हतुवागढीको शीर उच्च पारेको भन्दै सम्मान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार राईले कला र साहित्यको क्षेत्रमा भोजपुरले गरेको योगदान अतुलनीय रहेको भन्दै अर्जुन राई जस्ता होनाहार श्रष्टा पाउनु भोजपुरको अहोभाग्य भएको उल्लेख गर्नुभयो । साथै यस्ता कार्यक्रमहरुले नव प्रतिभाहरूको निम्ति उर्जा थपिने कुरा पनि बताउनुभएको थियो।

हतुवागढी कला, साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष कृपालसिंह राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्रतिष्ठानका सचिव लालबहादुर राई र सह-सचिव सञ्जल राईले संचालन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *