Friday, November 22, 2019
Home > बान्तावा भाषा > १५औं बान्तावा कविता प्रतियोगिता हुँदै : यो श्रृंखला पुर्व अञ्चलाधिश मकरबहादुर बान्तावाको सम्मानमा

१५औं बान्तावा कविता प्रतियोगिता हुँदै : यो श्रृंखला पुर्व अञ्चलाधिश मकरबहादुर बान्तावाको सम्मानमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ, २१ कार्तिक

बुङ्वाखा मासिक पत्रीकाको पूर्व संरक्षक, आफ्नो नामको पछाडि पहिलोचोटी ‘बान्तावा’ लेख्‍नुहुने तथा पूर्व मुख्य अञ्‍चलाधीश स्व. मकर बहादुर बान्तावा ज्यूको स्मृतिमा आगामी मङ्‌सिर २४ गते (डिसेम्बर १०, २०१९) काठमाडौंस्थित बुङ्वाखाको ‘१५औं वाषिर्कोत्सव’ तथा ‘१५औं बान्तावा कविता प्रतियोगिता- २०७६’ आयोजना गरिने भएको छ।

पुर्वी नेपालको विभिन्न भु-भागमा बसोबास गर्ने राईहरुको माध्यम भाषाका रुपमा प्रयोग गरिने बान्तावा भाषाको प्रबर्द्धनमा निरन्तर लागिरहेको मासिक पत्रीका बुङ्वाखा (फूलबारी) को आयोजनामा हरेक बर्ष भोजपुर मुक्ती दिवस (मंसिर २४ गते) तथा बुङ्वाखाको बार्षिकोत्सवका दिन आयोजना गरिँदै आएको कविता प्रतियोगिताको यो पन्ध्रौँ शृङ्खला हो।

यस पटक किरात राई बान्तावा खिम उपत्यका समितिको सह – आयोजनामा हुन लागेको कार्यक्रम हरेक बर्ष देशका विभिन्न स्थानहरुमा आयोजना गर्ने गरिएको छ। अघिल्लो बर्ष इलामामा गरिएको कार्यक्रम अर्को बर्षको लागि यस पटकको कार्यक्रमको समापनको समयमा टुंगो लगाईनेछ।

कार्यक्रमको दौडान विभिन्न पुरस्कार तथा अक्षयकोष-पुरस्कारहरु समेत बितरण गरिनेछ। बिशुद्ध बान्तावा भाषाको कवितालाई मात्र मान्यता दिईने कविता प्रतियोगिताका लागि यहि कार्तिक मसान्तभित्र प्राप्त कवितालाई मात्र मान्यता दिईने कुरा बुङ्वाखाद्धारा प्रकाशित सुचनामा उल्लेख गरिएको छ।

प्रकाशित सुचना अनुसार प्रतियोगितामा सहभागिताका लागि :
१. कविता १५० देखि २०० शब्दसम्मको हुनुपर्नेछ।
२. ‘उत्कृष्ट १५ कविता’ (पन्ध्रौं वाषिर्कोत्सव)लाई छनोट गरी प्रतियोगितामा प्रतिस्पर्धाको लागि वाचन गराइनेछ। छनोटमा पर्नुहुने कविहरूले अनिवार्य रूपमा जातीय मौलिक भेषभूषामा उपस्थित भई कविता वाचन गर्नुपर्नेछ । प्राप्त सबै कविताहरू बुङ्वाखामा प्रकाशित गरिनेछन्।
३. पूर्व प्रकाशित वा वाचित कवितालाई प्रतियोगितामा सामेल गरिने छैन।
४. बान्तावा भाषा लेखन पद्दति अनुसार शुद्धसँग कम्प्युटर टाइप गरी कविताहरू पठाउनुपर्नेछ।
५. छनोट हुनुहुने कविहरूलाई यातायात, खाना, बस्न र पारिश्रमिकको व्यवस्था गरिनेछ ।
६. प्रतिस्पर्धीहरूलाई ‘उत्कृष्ट बुङ्वाखा १५’ प्रमाणपत्र प्रदान गरिनेछ।
७. कवितामा प्रथम, दोस्रो र तेस्रो हुने कविहरूलाई ‘बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार’ अङ्‌कित प्रमाणपत्रका साथमा क्रमशः रू. १५,०००, रू. १०,००० रू. ५,००० नगद पुरस्कार प्रदान गरिनेछ।
E-mail: bungwakha@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *