Sunday, December 15, 2019
Home > प्रबिधी > हतुवागढिमा मिदास ई-क्लासको तालिम

हतुवागढिमा मिदास ई-क्लासको तालिम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रबिन थापा “बगाले”

हतुवागढी, २५ कार्तिक।

मिदास थापाथली काठमाडौको प्राबिधिक सहयोग तथा हतुवागढी गाउँपालिका र बैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र (AEPC/GIZ) को आयोजनामा सगरमाथा मा.वि. स्थित हतुवागढी गाउँपालिकाका चार वटा बिद्यालयका शिक्षकहरुका लागि मिदास-ईक्लास सम्बन्धी १२ दिने तालिम संचालन भईरहेको छ।

शिक्षकहरुले कक्षाकोठालाई प्रबिधिमैत्री बनाई अध्यापन गर्नका लागि सुचना तथा संचार प्रबिधी(ICT) लाई कसरी ब्यबस्थित ढंगले प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखी तालिम संचालन गरिएको बताईएको छ। गत कार्तिक १९ गतेबाट शुरु गरिएको सो तालिममा निम्न बिद्यालयका शिक्षकहरु सहभागी छन :
१. जाल्पा प्राथमिक बिद्यालय हतुवागढी – ९, कोल्टार
२. बिद्यापोखरी प्राथमिक बिद्यालय हतुवागढी – ८ पात्लेपानी
३. शिलासुत्केरी प्राथमिक बिद्यालय हतुवागढी – ४ पिपलडाँडा
४. पञ्चकन्या आधारभुत बिद्यालय हतुवागढी – ४ लुङ्थुङ्ग

तालिमका दौरान उपरोक्त बिद्यालयहरुलाई बैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले अघिल्लो बर्ष नै सुचना तथा संचार प्रबिधी (ICT) मैत्री बिद्यालयका लागि १२०० वाट्पिक बराबरको सौर्य प्रणाली (Solar System) अनुदानमा दिईएको कुरा बैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रका निलम बुढाथोकिले बताउनुभयो।

बिशेषगरी बालबालिकाहरुलाई Midas E-Class को माध्यमबाट छिटो र रमाईलो तथा प्रभावकारी ढंगले सिकाउन सकिने भएकोले शिक्षकहरुलाई सो प्रबिधि सम्बन्धी तालिम दिन लागिएको हो।

Midas, बिद्यालयका पाठ्यक्रमहरुका आधारमा तयार गरिएको एउटा डिजिटल प्लेट्फर्म हो जहाँ श्रब्य-दृष्य सामग्रीका माध्यमबाट बिद्यार्थिहरुले आफ्नै मोबाईल (एन्ड्रोईड, आईफोन, ट्वाब), कम्प्युटर जस्ता डिभाईसहरुमा अध्ययन गर्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *