Sunday, December 15, 2019
Home > स्थानीय समाचार > बगाले थापा कल्याणकारी परिषदले विभिन्न कार्यक्रमहरु गर्दै

बगाले थापा कल्याणकारी परिषदले विभिन्न कार्यक्रमहरु गर्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी-भोजपुर, २६ कार्तिक।

नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापा आफ्नो बंशज/पुर्खा भएको बताउने बगाले थापाहरुको छाता संगठन बगाले थापा कल्याणकारी परिषद शाखा कार्यालय लुङ्गिन भोजपुरले कार्तिक २४ गते हतुवागढी गाउँपालिका भित्रका अन्तर आधारभुत बिद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।

हाजिरी जवाफ प्रतियोगिताका सहभागिहरु

शिवालय प्राथमिक बिद्यालय लुङ्गिनमा सञ्चालित हतुवागढिभित्रका बिद्यालयहरु सहभागी हाजिरिजवाफ प्रतियोगितामा सगरमाथा मा. वि. प्रथम, शंखरानी आधारभुत बिद्यालयले दोस्रो भएका थिए भने भिमेश्वरी आधारभुत बिद्यालय, शान्ती निकेतन आधारभुत बिद्यालय र पञ्चकन्या भगवती आधारभुत बिद्यालयलाई सान्त्वना पुरस्कार दिईएको थियो।

आफ्नो कुल उत्थान तथा पितृ सम्मान सहित बार्षिक रुपमा करिब नब्बे हजार रुपैँया बराबरको छात्रबृत्ती बितरण गर्दै आईरहेको परिषदले बिद्यालयहरुलाई लक्ष्यित गर्दै विभिन्न खाले शैक्षिक गतिबिधी गर्दै बगाले थापाभित्रका ज्येष्ठ नागरिकलाई तथा हतुवागढी क्षेत्रभित्र समाजसेवामा समर्पित ब्यक्तित्वहरुलाई हरेक बर्ष सम्मान समेत गर्दै आईरहेको छ।

आफ्नो कुल पुजामा सहभागी हुँदै बगाले थापाहरु

साविकको रानिवास गा. वि. स. हालको हतुवागढी १ र २ का सबै बिद्यालयहरुलाई समेट्दै विभिन्न तहको छात्रबृत्ती बितरण गरिरहेको यो परिषदले कक्षा १२ मा हतुवागढी र आमचोक गाउँपालिकाभित्रका सर्वोत्कृष्ट बिद्यार्थिहरुलाई समेत छात्रबृती दिने गरेको छ।

अघिल्लो बर्ष सम्मानित समाजसेविहरु ईश्वरमान राई र कल्याणबहादुर बस्नेतका साथमा हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई तथा परिषद जिल्ला शाखा संस्थापक अध्यक्ष डीकबहादुर थापा

अघिल्लो बर्ष समाजसेवामा समर्पित ईश्वरमान राई तथा स्वर्गीय कल्याणबहादुर बस्नेतलाई सम्मान गरेको परिषदको यो बर्षको सबै कायक्रम तथा साधारण सभा भने आगामी मंसिर अन्तिम साता सम्पन्न गर्ने टुंगो लागेको कुरा परिषद शाखाका सह अध्यक्ष रबिन थापाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *