Sunday, December 15, 2019
Home > प्रमुख > मुख्यमन्त्रीद्धारा गृह जिल्लामा दुई ठुला परियोजनाहरुको शिलान्यास

मुख्यमन्त्रीद्धारा गृह जिल्लामा दुई ठुला परियोजनाहरुको शिलान्यास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, २ मंसिर।

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई र संघिय प्रतिनिधिसभा सांसद माननीय सुदन किरातिले आफ्नो गृहजिल्ला भोजपुरमा दुई ठुला परियोजनाहरुको संयुक्त शिलान्यास गर्नुभएको छ।

मंसिर १ गते भोजपुर जिल्लाको मध्यभाग भएर बग्ने मुख्य खोला पिखुवामाथी बनाईने मोटरेवल पुल तथा भोजपुर नगरपालिका स्थित निर्माण गरिने रंगशालाको छुट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रमहरुका बिच शिलान्यास गरिएको हो।

बेहेरेखोलामा आयोजना गरिएको पक्की पुल शिलान्यासमा बोल्दै मुख्यमन्त्री राईले यो पुल भोजपुर जिल्लाका स्थानिय तहहरुलाई जोड्न मात्रै नभएर तराई (चतरा, गाईघाट) बाट चुहार (मैनामैनी-हसनपुर) हुँदै घोडेटार, भोजपुर, दिङ्ला, संखुवासभा तथा किमाथाङ्कासम्म जोडिने राष्ट्रिय महत्वको सडक कनेक्टिभिटिका लागि निर्माण गर्न लागिएको बताउनुभयो। भोजपुरलाई विकास निर्माण तथा समग्रमा नमुना जिल्ला बनाउन आफू लागि परेको बताउँदै
विकासको पूर्वाधारहरु मध्ये मुख्य आधार सडक रहेकोप्रती जोड दिँदै आफ्नो कार्यकालमा १३ वटा पक्की पुल निर्माण गर्ने गरि काम भईरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, “मेरो कार्यकालमा जिल्लाका सम्पूर्ण महत्वपूर्ण पूर्वाधार निर्माण भईसक्नेछ भने कुनै पनि घर विद्युतको पहुँच भन्दा बाहिर हुने छैनन् ।”
विकास निर्माणका लागि बजेट अभाव नरहेको बताउदै मुख्यमन्त्रीले कामलाई प्रभावकारी ढंगले सम्पन्न गर्नु पर्नेमा जोड दिनुभयो । उहाँको जोड थियो, “हामीसंग बजेटको अभाव छैन तर थालिएको काम प्रभावकारी र गुणस्तरीय ढंगले सम्पन्न गराउनु आजको चुनौती हो, यसमा स्थानीय सरकारले समेत ध्यान दिन आवश्यक छ ।”

पिखुवा खोलामा ६ करोड भन्दा बढी लागतमा बन्ने पक्की पुलले भोजपुर नगरपालिका– १२ लाई राप्रसादराई गाउँपालिकाको मानेभञ्याङसंग जोड्नेे छ । यो पुलले भोजपुर जिल्लाको हतुवागढी, आमचोक तथा रामप्रसाद राई गाउँपालिकाबाट सदरमुकाम आवत जावत गर्ने सवारी साधनहरुलाई सुबिधा पुग्ने छ। पुलको अभाब हुँदा ती क्षेत्रबाट सदरमुकाम आउने जाने सवारी साधनहरु खोलामा बगिरहेको पानीकै बाटो भएर तर्नु परिरहेको छ भने बर्सातको समयमा बाढी आउँदा साधनहरु खोला तर्न नसक्ने अवस्था छ।
पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत प्रदेश नं १ सरकारको रु. ६ करोड, १३ लाख ५३ हजार लागतमा ७६ दशमलव ३ मिटर लामो मोटेरेवल पक्की पुल बन्नेछ। पुललाई समयमै गुणस्तरिय ढंगले सम्पन्न गराउन पहल गर्ने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताउनु भयो । यो पुल अहिलेको कार्ययोजना अनुसार निर्माण भए आगामी २०७८ साल असार मसान्तभित्रमा सम्पन्न भईसक्नेछ भने यसको संरक्षणमा ध्यान पुर्‍याउन सके १५० बर्षसम्म टिक्ने प्राबिधिकहरुको दावी छ। यो पुल निर्माणको जिम्मा मार्सेली निर्माण सेवाले लिएको छ।

भोजपुर रंगशाला शिलान्यास कार्यक्रममा मुख्यमन्त्री माननीय शेरधन राई र संघीय प्रतिनिधि सभा सांसद माननिय सुदन किराँती

त्यस्तै प्रदेश नं १ शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड ५ लाख लागतमा सदरमुकाममा निर्माण हुने रंगशालाको समेत शिलान्यास भएको हो। यो रंगशालाको निर्माण सम्झौता अनुसार आगामी २०८० सालभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्नेछ।

(तस्विरहरु : ध्रुब सुवेदी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *