Sunday, December 15, 2019
Home > कला > हतुवागढी साहित्य दर्पण प्रकाशन गरिने

हतुवागढी साहित्य दर्पण प्रकाशन गरिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हतुवागढी, ६ मंसिर।

हतुवागढी कला, साहित्य तथा साँस्कृतिक प्रतिष्ठानले हतुवागढी साहित्य दर्पण प्रकाशन गर्ने भएको छ।

दक्षिणी भोजपुरको हतुवागढी क्षेत्रमा जन्मिएर बिश्वका जुनसुकै ठाउँमा पुगेका हरेक बिधाका सृजनसिल श्रष्टाहरु र तिनका सृजनाहरुलाई अभिलेखिकरण गर्ने उद्देश्यका साथ प्रकाशन गर्न लागिएको हतुवा साहित्य दर्पणका सम्पादक श्रीशिशा राईद्धारा प्रकाशित सुचनामा भनिएको छ, “हतुवागढीको समग्र विकास गर्ने प्रयासमा बल पुगोस भन्ने उद्धेश्यले हतुवागढी गाउँपालिकाको पहलमा गठन भई विगत ३ वर्षदेखि हतुवागढी कला साहित्य तथा साँस्कृतिक प्रतिष्ठान क्रियाशिल छ । स्थापनादेखि नै प्रतिष्ठानले कला साहित्य क्षेत्रसँग सम्बन्धित विभिन्न सिर्जनात्मक गतिविधीहरु गर्दै आएको छ । यसविचमा प्रतिष्ठानले ०७६ जेठ ३१ र ३२ गते हतुवागढी–४, फलामढुङ्गामा ‘हतुवागढी कला साहित्य महोत्सव–०७६’ भव्यता पुर्वक सम्पन्न गरिसकेको छ । कला, साहित्य र संगीतको विकास भए मात्र समाजिक विकासले पुर्णता पाउँछ भन्ने सत्यलाई आत्मसात गर्दै प्रतिष्ठानले आगामी दिनमा रचनात्मक गतिविधीहरुलाई निरन्तरता दिनेछ।”

सोही सुचनामा भनिएको छ, “जे जति गतिविधि गरेपनि तिनको संस्थागत पुर्णता र प्रमाणीकरणका लागि प्रकाशन अति जरुरी रहेछ । सम्पन्न भएका कतिपय गतिविधिहरुको अभिलेखिकरण नहुँदा ती प्रयासहरु स्मृतिमा समेत छैनन् जसलाई अहिले प्रमाणका रुपमा प्रस्तुत गर्न समेत गाह्रो भएको अवस्था छ । यी लगायतका समस्या र आवश्यकताहरुलाई मध्यनजर गरी प्रतिष्ठानको साहित्यिक प्रकाशनको रुपमा ‘हतुवागढी साहित्य दर्पण’ प्रकाशन गर्ने निर्णय भएको छ । यस पुस्तकमा हतुवागढीको साहित्य, कला, संगीत तथा साँस्कृतिक पक्षको इतिहास, वर्तमान र भविष्यलाई दस्तावेजीकरण गर्ने प्रयास गरिनेछ ।”

केही समय अगाडि सम्पन्न प्रतिष्ठानको अधिबेशनद्धारा गठित समितिले निर्धारण गरे बमोजिम प्रकाशनको तयारी गरिएको साहित्य दर्पणलाई सहभागितामुलक तथा थप स्तरिय बनाउनका लागि सुचनामा थप आव्हान गरिएको छ, “प्रतिष्ठानको यस प्रयासमा यहाँहरुको साथ र सहयोग अति जरुरी छ । त्यसैले यस ‘हतुवागढी साहित्य दर्पण’मा प्रकाशनार्थ आफ्ना अमुल्य कला, साहित्य, संगीत र संस्कृति सम्बन्धि सिर्जनात्मक, बैचारिक तथा खोजमुलक लेखरचना उपलब्ध गराईदिनहुन हार्दिक अनुरोध गर्दछौँ ।”

हतुवागढी पृष्ठभुमिका सर्जकहरुले आगामी माघ मसान्तभित्र लेख, रचनासंग सम्बन्धित तस्बिर, आफ्नो सम्पर्क नम्बर तथा सर्जकको फोटो सहित प्रीन्ट गरि वा ईमेलद्धारा उपलब्ध गराउन आव्हान गरिएको छ।
सृजना उपलब्ध गराउनका लागि सम्पर्क:

१. हसन बान्तावा (उपाध्यक्ष) : ९८४२१८४२८९
२. सन्जल बायुङ राई (सहसचिव) : ९८४२५९४७८१
३. अल्पभाषी निरु (कोषाध्यक्ष) ९८०५३०४५१७
४. अर्जुन राई ‘अपहेलित’ (सदस्य) ९८६२१९७०१७
५. इटहरी : अरुण आकाश ९८४२०८७२०६
६. काठमाण्डौ : मनोज साङसोन (स्टुडियो किङ्ग) ९८५१००३६९४
७. बेलायत : नेत्र राई (एन बान्तावा) ०७८८१८०६५८०
८. जापान : शंकरहरि खालिङ ०८०–८२१९–२७९८
९. द. कोरिया : दिलिप बान्तावा १०७४२७५२९९
१०. कृपालसिं राई (प्रतिष्ठान अध्यक्ष) : ९८६०३५२४९७
११. श्रीशीशा राई (सम्पादक –
हतुवागढी साहित्य दर्पण) :९८५२०५६८०२, ९८१४३०१५६३)
१२. इमेल: hatuwagadhidarpan@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *