Sunday, December 15, 2019
Home > साहित्य > १५औँ बान्तावा कविता प्रतियोगिताका लागि उत्कृष्ट १५ कविताहरुको छनौट सकियो

१५औँ बान्तावा कविता प्रतियोगिताका लागि उत्कृष्ट १५ कविताहरुको छनौट सकियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ, ९ मंसिर।

बान्तावा भाषाको मासिक पत्रीका (म्यागेजिन) “बुङ्वाखा” को १५औँ बार्षिकोत्सव तथा १५औँ बान्तावा कविता प्रतियोगिताको अवसरमा आयोजना गरिएको बान्तावा कविता प्रतियोगिताका लागि उत्कृष्ट १५ कविताहरुको छनौट पूरा गरि नामावली सार्वजानिक गरिएको छ।

हरेक बर्ष नेपालको विभिन्न फरक भु-भागमा आयोजना गरिने यो कार्यक्रम यो पटक काठमाडौ स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिदैछ।

२०७६ मङ्सिर २४ गते हुने बुङ्वाखाको १५औं वाषिर्कोत्सव समारोहको अवसरमा गरिने १५औं बान्तावा कविता प्रतियोगितामा ३५ जना कविहरूले तोकिएको समय सिमाभित्र रचना उपलब्ध गराएको तथा तीन जनाको मूल्याङ्कन समितिले ‘कोडिङ’ विधिबाट उत्कृष्ट १५ कविता छनौट गरिएको कुरा बुङ्वाखा बार्षिकोत्सव कार्यक्रमको साहित्य बिभाग संयोजक रिता राराहाङ्ग राई तथा बुङ्वाखा मासिकका सम्पादक तथा कार्यक्रम संयोजक पदम राईद्धारा हस्ताक्षरित सुचनामा जनाईएको छ।

सोही सुचनामा छनोटमा पर्न सफल कविहरू मध्ये प्रतियोगितामा सहभागी हुन असमर्थ भएमा आगामी मङ्‌सिर १२ गतेसम्ममा आफ्नो नाम फिर्ता लिन सक्ने जानकारी समेत गरिएको छ भने त्यस्तो अवस्थामा बैकल्पिक कविहरूलाई कविता वाचनको लागि मौका दिइने समेत जनाईएको छ। साथै कविता वाचनको लागि आगामी मङ्‌सिर २२ गते बेलुकासम्ममा काठमाडौं आइपुग्न समेत आग्रह गरिएको छ।

उत्कृष्ट १५ कविहरू

१. अर्जुन वेदना राई, सूर्योदय नपा ७, इलाम
२. इमानसिंह राई, आमचोक गापा ३, भोजपुर
३. किवाङहाङ राई, बानेश्‍वर, काठमाडौं
४. नगेन्द्र राई, साँगुरी गढी गापा ९ आहाले, धनकुटा
५. प्रजितकला राई, राम प्रसाद राई गापा-८, भोजपुर
६. प्रदीप राई, फालेलुङ गापा ६, पाँचथर
७. विवेक उदासी राई, सहिदभूमि गापा, धनकुटा
८. मणिराम राई, फालेलुङ गापा ५, पाँचथर
९. रमेश कुमार राई, देउमाई नपा १, इलाम
१०. राजेन्द्र राई, धरान, सुनसरी
११. राम कुमार राई, हतुवागढी गापा २, भोजपुर
१२. राम चन्द्र राजालिम, आमचोक गापा ३, भोजपुर
१३. रिया राई (सविना), हतुवागढी गापा ६, भोजपुर
१४. सुभास देव रुङमाहाङ, टेम्के मैयुङ गापा ४, भोजपुर
१५. त्रिलोक त्रिवेणी राई, राम प्रसाद राई गापा ८, भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *